जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सले क्लियरिङ हाउसको एनपिआई प्रणालीको प्रयोग थाल्यो

प्राइम लाइफ इन्स्योरेन्सले क्लियरिङ हाउसको एनपिआई प्रणालीको प्रयोग थाल्यो

प्राइम लाइफ इन्स्योरेन्सले नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी भुक्तानी गर्ने व्यवस्था सुरु गरेको छ।

कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्था मिलाएको हो।  एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई  प्रयोग गरी बिभिन्न भुक्तानीहरु यसमार्फत गर्ने जनाएको छ।

प्राइम लाइफ एनसिएचएल आइपिएस र कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्ने पहिलो इन्स्योरेन्स कम्पनी भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीले सिद्धार्थ बैंकमार्फत यी भुक्तानी कारोबारहरु गर्ने जनाएको छ ।

यस व्यवस्थाको सुरुवातसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ। यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने इन्स्योरेन्स कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्राइम लाइफसँगै २३ जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शुल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आइपिएस इ-पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आबद्ध भइसकेका छन्।

एनपिआई नेपाल क्लियरिङ हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ, जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन्।

3515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका