जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिभिल बैंकको साधारणसभा सम्पन्न, मर्जरको लागि पार्टनर खोज्ने जिम्मा संचालक समितिलाई

सिभिल बैंकको साधारणसभा सम्पन्न, मर्जरको लागि पार्टनर खोज्ने जिम्मा संचालक समितिलाई

सिभिल बैंकले आफ्नो दशौ साधारणसभा भर्चुवल माध्यमबाट सम्पन्न गरेको छ । बैंकले आज फागुन ९ गते आर्थिक ७६/७७ को साधारणसभा गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने  तिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७७÷०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गरेको छ। सभाले सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले ११४ शाखा, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको  छ ।

5660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका