जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बाँडफाँट

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बाँडफाँट

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ ऋणपत्रको बाँडफाँट भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो। बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी सर्वसाधारणले आवेदन गर्न पाएका छन् ।

बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा २ प्रतिशत छ ।

आइतबारसम्म निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड गरिएको छ ।  आइतबार ऋणपत्र बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक सूचनामा उल्लेख गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्रमा आवेदन दिने समय माघ ३० गतेसम्म थप गरिएको थियो । बैंकको ऋणपत्र माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि म्याद लम्बिएको हो ।

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका