जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्रिय खाद्य बैंक स्थापना, चाडै नै आईपीओ निष्काशन गर्ने तयारी

राष्ट्रिय खाद्य बैंक स्थापना, चाडै नै आईपीओ निष्काशन गर्ने तयारी

‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । २ अर्बको लागतमा स्थापना भएको यस खाद्य बैकले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने छ । बैंकले सातै प्रदेशमा जग्गा भाडामा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दहि, दुध, अण्डासहित नगदेबालीदेखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको छ ।

त्यस्तै, यस खाद्य बैकले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी गरेको राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताएका छन् । ‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उप्रतीले भने ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् । यसका साथै हामीले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी पनि गरेका छौं ।’

5950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका