जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्मेण्ट बैंकको नयाँ शाखा लाहानमा

नेपाल इन्भेष्मेण्ट बैंकको नयाँ शाखा लाहानमा

नेपाल इन्भेष्मेण्ट बैंकले लाहान नगरपालिका को वडा नम्बर ८ सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका हुन् ।

लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ । नेपाल इन्भेष्मेण्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल ९अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल० ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?