जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा पर्साको सखुवा प्रसौनीमा

सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा पर्साको सखुवा प्रसौनीमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  बैंकले शनिबार आफ्ना ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहवीच गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

5095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?