जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिमा समितिद्वारा ६ वटा इन्स्योरेन्स कम्पनीमा स्थलगत निरिक्षणः प्रुडेन्सियल, सिद्धार्थ र नेको इन्स्योरेन्स कम्पनीमा दर्जनौ कैफियतः सीइओसाबहरुलाई २४ घण्टे स्पष्टिकरण

बिमा समितिद्वारा ६ वटा इन्स्योरेन्स कम्पनीमा स्थलगत निरिक्षणः प्रुडेन्सियल, सिद्धार्थ र नेको इन्स्योरेन्स कम्पनीमा दर्जनौ कैफियतः सीइओसाबहरुलाई २४ घण्टे स्पष्टिकरण

जीवन बीमा कम्पनी, निजीवन बीमा कम्पनी र एउटा पुनबीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले आक्रमकरुपमा बीमा कम्पनीहरुमा स्थलगत र छड्के निरिक्षण शुरु गरेको छ भन्दा अब चाहि फरक पर्दैन ।
हालै मात्रै पूर्व प्रशासक सूर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्ष भए लगत्तै आक्रमकरुपले स्थलगत निरिक्षणलाई प्राथमिकताका साथ अगाडी बढाएको भेटिएको छ ।

नेपालका माडवाडी समुदायको बाहुलियत रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेको इन्स्योरेन्स कम्पनीहरु सधै विवादमा फस्दै आएको, बीमा समितिलाई चुनौती दिँदै काम गर्दै आएका कम्पनी भित्र पर्ने कम्पनी हुन् भन्दा अब चाहि फरक पर्दैन ।

बीमा समितिले स्थलगत निरिक्षणलाई आक्रमक बनाएपछि बीमा कम्पनीका सीइओहरुको मुटुले ठाउँ छोडेको छ भन्दा अब चाहि अन्यथा नहोला । बीमा समिति उच्च स्रोतले पंक्तिकारलाई टेलिफोनमा भन्योः– हामीले स्थलगत निरिक्षण शुरु गरेको पक्का हो । निरिक्षण गर्दा ३÷४ वटा कम्पनीहरुमा बदमासी फेला परेको छ । त्यो तपाईले पत्ता लगाउनु होला । उनीको शब्द सापटी लिने हो भने प्रुडेन्सियल, नेको, सिद्धार्थ इन्स्योरेन्स कम्पनीहरुले अण्डर राईटिङ, दाबी, पुर्नबीमा, वित्तिय विवरण, कर्पोरेट सुशासन लगायत बीमा समितिले जारी गरेको निर्देशन विपरित खरिद प्रक्रिया, सम्पत्ती सुद्धिकरणका दर्जनौ कुरालाई पालना नगरेको भेटिएको देखिन्छ ।

भनिन्छ यी तीन वटा प्रुडेन्सियल, नेको र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विगतमा बीमा समितिका अध्यक्ष र उच्च कर्मचारीलाई प्रलोभनमा पारी दर्जनौ काम अनैतिकरुपमा गर्दै आएको फेला परेपछि बीमा समितिका वर्तमान अध्यक्ष सिलवाल रुष्ट बनेको भेटिएको छ ।

यी तीन बीमा कम्पनीका अध्यक्ष र सीइओसाबहरुले नियमनकारी निकायको निर्देशनहरुलाई बेवास्ता मात्रै गरेको छैन । ती निर्देशन रद्दीको टोकरीमा फालेका छन् भन्दा फरक पर्दैन ।

बीमा समिति उच्च स्रोतले पंक्तिकारलाई टेलिफोनमा भन्योः– हामीले निरीक्षण गरेको ६÷७ वटा कम्पनी मध्ये ३ वटा कम्पनीमा दर्जनौ अनियमितता गरेको फेला पारेका छौं । अब हामी ती कम्पनीका सीइओसावहरुलाई २४ घण्टे स्पष्टिकरण लिन्छौं र पद जाने सम्मका कारवाही अगाडी बढाउने छौ नि ।

बीमा समितिको निरिक्षण शाखाका प्रमुख सुशिल देव सुवेदीको नेतृत्व टोलीले नेको, सिद्धार्थ, प्रोडेन्सीयल लगायत ६÷७ वटा कम्पनीमा स्थलगत निरिक्षण प्रारम्भ गरेको देखिन्छ ।

भनिन्छ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबै निर्देशहरुलाई सम्पूर्ण बीमा कम्पनीहरुको स्थलगत निरिक्षण नियमितरुपमा अगाडी बढाउन निर्देशन नै जारीका गरेको देखिन्छ । प्रत्येक दिन चेक लिष्ट बनाएर जानकारी नदिई छड्के चेक गर्न समेत निर्देशन दिएको बीमा समिति उच्च स्रोतको दाबी छ ।

बीमा कम्पनीका दर्जनौ सीइओहरुले बीमा समितिको निर्देशन विपरित सयौं काम गरेका छन् भन्दा फरक पर्दैन । पछिल्लो समय बीमा कम्पनीमा भएका बदमासी सञ्चार माध्याममा आउन थालेपछि बीमा समिति आक्रमक बनेको हो भन्दा फरक पर्दैन । हेक्का होस् ।

केही दिन अगाडी देखि बीमा कम्पनीहरुको (बाबु) नियमक निकाय बीमा समिति बीमा कम्पनीहरुको निरिक्षणमा आक्रामक देखिएको छ भन्दा फरक पर्दैन । नियामक निकाय बीमा समितिले पछिल्लो एक महिनामा ६ वटा निरिक्षण गरिसकेको छ भने बीमा समितिले आफ्नो नियमित कामकोरुपमा विभिन्न कम्पनीहरुमा समुह बनाएर नियमित निरिक्षण गरिरहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक बजार न्यूज डटकमसंग बताए ।

बीमा समितिले जानकारी नै नदिइ छड्के निरिक्षण गरिरहेको देखिन्छ । कम्पनीहरुले तथ्याङ्क लुकाउन सक्ने भन्दै समितिले पुर्वजानकारी नदिइ निरिक्षण कार्यलाई तिव्रता दिइरहेको छ भन्दा फरक पर्दैन ।

अनुगमनका क्रममा निरिक्षण टोलीले कम्पनीको अण्डर राइटिङ, दाबी, पुनर्बीमा, वित्तीय विवरण, सुशासन, बीमा समितिले जारी गरेका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्था, खरिद प्रकृयाँ, सम्पत्तीको सदुपयोग, सम्पत्ती शुद्धिकरण लगायतका सूचकहरुको अनुगमन गर्दै कैफियत देखिए तत्कालै कारवाही गर्ने गरेको भेटिएको छ ।

निरिक्षणका क्रममा बीमा समितिले दिएको निर्देशन पालना भए नभएको चेक जाच गर्न पनि अनुरोध गरेका छन् । समितिले अहिलेको निरिक्षणलाई निरन्तरता दिदै जाने देखिन्छ ।

बीमा समितिले गएका वर्षमा कम्पनीको निरिक्षण गर्ने तर निरिक्षणका क्रममा देखिएका कमिकम्जोरी बाहिर सार्वजनिक गर्ने गरेको थिएन। कतिपय कम्पनीहरुको प्रभावमा बीमा समिति पर्ने गरेको आरोप लागेको देखिन्छ । यसको अन्त्य अब जरुरी छ बीमा समितिका अध्यक्षज्यू ।

निरिक्षण बाहेक बीमा समितिले पछिल्लो समय बीमा कम्पनीहरुलाई विभिन्न तथ्याङ्कहरुको माग गर्दै सर्कुलर जारी गरिरहेको छ । बीमा समितिले पछिल्लो समय बीमा कम्पनीहरुसँग प्रथम बीमा शुल्कको पोलिसी के कति बिक्री भएको छ भन्दै तथ्याङ्क माग गरेको छ । यसको कारण केहो भने बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई घरकर्जा नै दिए । बीमा गर्ने र कम्पनीलाई टाट पल्टाउनेकाम गर्दै आएको समाचार आर्थिक बजार न्यूज डटकमले प्रकाशन गर्ने आएको थियो । सचेत भया ।

19830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका