जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

नेपाल राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकले चैत्र ४ गतेदेखि लागु हुने गरि ९ जना कार्यकारी निर्देशकहरुको सरुवा गर्नुको साथै २ जना निर्देशकलाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

जस अनुसार बैंक सुपरिवेक्षण विभागमा रहेका मुकुन्दकुमार क्षेत्री बित्त ब्यबस्थापन विभागमा सरुवा भएका छन् भने विकास बैंक सुपरिवेक्षण विभागमा रहेका ऋषिकेश भट्ट सम्पति तथा सेवा ब्यबस्थापन विभागका सरुवा भएका छन् ।

वित्त ब्यबस्थापन विभागका  प्रदिपराज पौड्याल विकास बैंक सुपरिवेक्षण विभागमा पुगेका छन् भने आर्थिक अनुसन्धान विभागका डा.गुणाकर भट्ट बैंक सुपरिवेक्षण विभागमा पुगेका छन् । बैंकिंग विभागका नरेश शाक्यलाई राष्ट्र ऋण ब्यबस्थापन विभागमा सरुवा गरिएको छ भने सम्पति तथा सेवा ब्यबस्थापन विभागमा रहेका सुमन कुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ ।

लघुवित्त सुपरिवेक्षण विभागमा रहेका डा.प्रकाश कुमार श्रेष्ठको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ । उनी हाल अर्थमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा अर्थ मन्त्रालयमा छन् ।

त्यस्तै जनशक्ति ब्यबस्थापन विभागका रामु पौडेलको विदेशी विनिमय ब्यबस्थापन विभागमा सरुवा भएको छ भने संस्थागत तथा जोखिम ब्यबस्थापन विभागमा रहेका राम बहादुर मानन्धरको बैंकिंग विभागमा सरुवा भएको छ ।

बम बहादुर मिश्र र निलम ढुङगाना डेपुटी गभर्नर भएपछि राष्ट्र बैंकले २ जना निर्देशकलाई कायम मुकाय कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । कायम मुकाय कार्यकारी निर्देशकको जिम्मेवारी पाउनेमा दयाराम शर्मा पंगेनी र तुलसी प्रसाद घिमिरे रहेका छन् । पंगेनीले संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन् भने घिमिरेले जनशक्ति ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन् ।

यस अघि पंगेनी मुद्रा ब्यबस्थापन विभाग तथा घिमिरे जनशक्ति ब्यबस्थापन विभागमा निर्देशक थिए ।

8500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका