जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  आइतबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ २  रुपैयाँ बढाएको हो । निगमले बढाएको उक्त मूल्य आइतबार  राति १२ बजेबाट लागू हुने जनाएको  छ ।

अब नेपाली बजारमा  पेट्रोल १२० रुपैयाँ , डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा ७ रुपैयाँ ३९ पैसा र डिजलमा १ रुपैयाँ ९४ पैसा घाटा छ। निगमलाई मूल्य वृद्धि पछि पनि १५ दिनमा ८८ करोड घाटा हुने दाबी गरिएको छ।

नयाँ मूल्यसूची आज मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने देखिन्छ । एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ ।

घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ ।

10475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका