जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रिलायन्स फाइनान्सले बैशाख २२ गतेको लागि आव्हान ग¥यो साधारण सभा

रिलायन्स फाइनान्सले बैशाख २२ गतेको लागि आव्हान ग¥यो साधारण सभा

रिलायन्स फाइनान्स लिमिटेडले बैशाख २२ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लैनचौरा बैंक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैंशाख ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

6830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका