जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले ९ महिना मै कमायो १ अर्ब नाफा

मुक्तिनाथ विकास बैंकले ९ महिना मै कमायो १ अर्ब नाफा

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को खुद नाफा ४८.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६७ करोड ६० लाख  नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ८२  करोड ८७ लाख रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप ४३.८९ प्रतिशतले बढेर ६८ अर्ब ५७ करोड पुगेको छ भने कर्जा प्रवाह ३९.४३ प्रतिशतले बढेर ७९ अर्ब ९० करोड पुगेको छ ।  ।

४ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८४ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.०९ प्रतिशतबाट बढेर ०.२१  प्रतिशत पुगेको छ ।

6840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका