जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारीलाई दुई दिने अभिमुखीकरण तालिम

सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारीलाई दुई दिने अभिमुखीकरण तालिम

सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ ।

दुईदिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले  कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताएक थिए ।

यसैगरी, उनले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए । काठमाडौंकोे बालवाटारमा  सो कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए । तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै प्रमाणपत्र प्रदान गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

4425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?