जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्यो, नौ महिनामै एक अर्ब ९ करोड रुपैयाँ नाफा

शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्यो, नौ महिनामै एक अर्ब ९ करोड रुपैयाँ नाफा

शिवम् सिमेन्टले नौं महिनामा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले अघिल्लो चैतको ८६ करोड १५ लाख रुपैयाँको नाफालाई २६.५२ प्रतिशतले बढाएको हो।

कम्पनीले सिमेन्ट बिक्री ३.८२ प्रतिशतले बढाएको छ। अघिल्लो चैतसम्म ७ अर्ब ८ करोडको सिमेन्ट बिक्री गरेको कम्पनीले यसपाली ७ अर्ब ३५ करोड रुपैयाँको बिक्री गरेको छ।

बिक्रीसँगै उत्पादन लागत पनि सामान्य बढेको छ। २ अर्ब ७५ करोडको कच्चा पदार्थ खरीद गरिरहेको शिवम्ले यसपाली ३ अर्ब ५ करोडको खरीद गरेको छ। उत्पादन बढाउँदासमेत यसपाली बिजुली तथा अन्य इन्धन खर्च  घटेको छ। एक अर्ब ६५ करोडको खर्च एक अर्ब ५४ करोडमा झरेको छ।

कम्पनीको कर्मचारी, वित्तलगायत गरेर कुल खर्च जम्मा ०.४५ प्रतिशतले बढेको छ। उत्पादनसँगै खर्च घट्दा नाफा बढेको हो। कुल खर्च ६ अर्ब ६ करोडबाट ६ अर्ब ९ करोड पुगेको छ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?