जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • निषेधाज्ञापछि पनि सातामै १६ अर्बले ऋण बिस्तार, मालपोत बन्द भएकाले साना ऋणी प्रभावित

निषेधाज्ञापछि पनि सातामै १६ अर्बले ऋण बिस्तार, मालपोत बन्द भएकाले साना ऋणी प्रभावित

काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा अहिले निषेधाज्ञा छ। ७७ मध्ये ६९ जिल्लामा निषेधाज्ञा छ। सरकारले निषेधाज्ञा अवधि अझ १५ दिन थप्ने तयारी गरिसकेको छ।

वैशाख १६ गतेबाट भइरहेको निषेधाज्ञाका बीचमा पनि बैंकिङ व्यापार भने बिस्तार भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, वैशाख १७ देखि २४ गतेको बीचमा मात्रै ऋण १६ अर्बले बिस्तार भएको छ। यसमध्ये ४ अर्ब रुपैयाँ विदेशी मुद्रामा गएको ऋण छ।

निक्षेप पनि १० अर्बले बढेको छ। यसमध्ये ५ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप हो। अहिले २७ बैंकसँग ३६ खर्ब ९ अर्ब रुपैयाँ ऋण पुगेको छ। निक्षेप ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

रेमिटेन्स आयमा कमी नआएको बैंकहरुको भनाइ छ। ऋण भने आयातका लागि गएको हो। निषेधाज्ञाअघि र पछि पनि पहिले नै प्रक्रिया थालिएका सामानका लागि ऋण गएको उनीहरुले बताए। मालपोत कार्यालय बन्द रहेका कारण आन्तरिक ऋण भने खासै जान सकेको छैन।

आन्तरिक ऋणमा धितोका लागि जग्गाको प्रयोग हुन्छ। निषेधाज्ञा र कोरोना संक्रमणका कारण अधिकांश मालपोत कार्यालय अहिले बन्द छन्

 

3620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका