जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफा बढ्यो

शिखर इन्स्योरेन्सको नाफा बढ्यो

शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा खुद नाफा १०.२६ प्रतिशतले बढेको छ । कम्पनीले यहि अवधिमा ३६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ३२ करोड ९५ लाख मुनाफा आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन १४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यहि अवधिमा २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ३ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी १.९१ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ६४ करोड २ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ६५ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले जारी गर्ने पोलिसी संख्या यस वर्ष १० प्रतिशतले घटेको छ । कम्पनीले ९ महिनाको अवधिमा २ लाख ११ हजार पोलिसी बिक्री गरेको छ । गत वर्षको यहि अवधिमा २ लाख ३५ हजार वटा पोलिसी बिक्री गरेको थियो ।

5895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका