जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • युनिलिभर नेपालकोे खुद नाफा ३२ करोडभन्दा बढी

युनिलिभर नेपालकोे खुद नाफा ३२ करोडभन्दा बढी

युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३२ करोड १६ लाख खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ७ करोड ६३ लाख खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने नाफा गर्न सफल भएको हो ।

यस वर्ष रू. १ अर्ब ७४ करोड ३४ लाख कुल आम्दानी गरेको कम्पनीले रू. १ अर्ब ३२ करोड ७८ लाख कुल खर्च गरेको छ । बस्तु विक्रीबाट यस वर्ष कम्पनीले रू. १ अर्ब ७३ करोड ५३ लाख र अन्य श्रोतबाट रू. ८१ लाख आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

रू. ९ करोड २१ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २२ प्रतिशत बढी रू. २ अर्ब ३६ करोड २२ लाख कायम भएको छ । कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा २० प्रतिशत बढी रू. ४ अर्ब ३८ करोड ४८ लाख र कुल दायित्व गत वर्षभन्दा १९ प्रतिशत बढी रू. १ अर्ब ९३ करोड ५ लाख छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ६६६ रहेको छ ।

5685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका