जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ८२% बढ्यो

सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ८२% बढ्यो

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको कम्पनीले यस अवधिमा १४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ४४ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव १७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड २२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड ९४ लाख रुपैयाँ रहेको थियो । जीवन बीमा कोषमा २ अर्ब १८ करोड ३१ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३० दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका