जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • चिलिमे हाइड्रोपावर कम्पनी विश्लेषण

चिलिमे हाइड्रोपावर कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ८ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ७०७ मा झरेको हो ।  मंगलवार कम्पनीको रु. १४ करोड ३८ लाख १७ हजार बराबरको शेयर किनबेच भएको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ५१ करोड २ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. ५२ करोड ५६ लाख नाफा कमाएको थियो । नाफामा कमी आएसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १२ दशमलव २७ रहेकामा चालू आवमा रु. १० दशमलव ८३ मा झरेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ८० करोड ३७ लाख १९ हजार विद्युत् बिक्रीबापत आम्दानी भएकामा चालू आवमा रु. ८० करोड ९२ लाख २५ हजार पुगेको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ७७ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १९ दशमलव ४८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

7500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका