जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • युनाइटेड फाइनान्सले बोलायो साधारण सभा

युनाइटेड फाइनान्सले बोलायो साधारण सभा

युनाइटेड फाइनान्स लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । नबिल बैंकसँग मर्जरमा जानका लागी फाइनान्सले बिशेष साधारण सभा बोलाएको हो । कम्पनीको बुधबार जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले अषाढ ५ गते कम्पनीको प्रधान कार्यालयमा बिशेष साधारण सभा बोलाएको हो । साधारण सभामा नबिल बैंकसँग प्राप्तीमा जाने बिशेष प्रस्ताव पारित गर्नेछ ।

नबिल बैंकले स्थापनाको ३६ वर्षपछि पहिलोपटक एउटा युनाइटेड फाइनान्स कम्पनीलाई अक्वायर गर्ने भएको हो । नबिल बैंक र युनाइटेड फाइनान्समा चौधरी ग्रुपको लगानी छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा किन्ने भएको छ । नबिलले युनाइटेडलाई १ः०.३५ को स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

6545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?