जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क साढे ६४ अर्ब

जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क साढे ६४ अर्ब

बैशाख मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा ४१ अर्ब ५३ करोड बीमाशुल्क संकलन गरेका जीवन बीमा कम्पनीहरुले गत आवको यसै अवधिको तुलनामा ५४.९२ प्रतिशतले नवीकरण शुल्क वृद्धि गरेका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २ करोड रुपैयाँ बराबरको नयाा व्यवसाय विस्तार गरेका छन् । गत आवको दश महिनाको तुलनामा चालु आवको दश महिनामा जीवन बीमाको नयाँ व्यवसाय ५८ प्रतिशतले विस्तार भएको छ । यसैगरी बैशाख मसान्तसम्ममा ९ वटा जीवन बीमा कम्पनीहरुले ५३ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको दश महिना अवधिमा नयाँ व्यवसाय, नवीकरण तथा वैदेशिक रोजगार बीमाशुल्क समेत गरी कुल ९८ अर्ब ८९ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिको तुलनामा समग्रमा जीवन बीमाको व्यवसाय ५६ प्रतिशतले बढेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल लाइफ इन्स्यारेन्सले गत आवको तुलनामा ४३.९७ प्रतिशतले नवीकरण बीमाशुल्क वृद्धि गर्दै सबैभन्दा धेरै १९ अर्ब ४५ करोड रुपैयाँ उठाएको छ । जुन सबै जीवन बीमाहरुले उठाएको रकमको नेपाल लाइफ एक्लैको ३० प्रतिशत हिस्सा हो ।

समितिको तथ्याङ्क अनुसार नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले ११ अर्ब २५ करोड रुपैयाँ नवीकरण बीमाशुलक संकलन गरेको छ । गत आवको यसै अवधिमा ८ अर्ब ७ करोड नवीकरण संकलन गरेकोमा कम्पनीले ३९.४१ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफले ६ अर्बभन्दा बढी नवीकरण शुल्क संकलन गर्दा एशियन लाइफ, र मेट लाइफले ३ अर्ब बढी संकलन गरेका छन् । युनियन र प्राइम लाइफले २ अर्ब बढी, सूर्या लाइफ, गुराँस लाइफ, र सिटिजन्स लाइफको नवीकरण बीमाशुल्क एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम रहेको छ ।

SN Sector-Life Insurance  Renew Premium in arab
 Company Name 2077/078 Baishakh End 2076/077 Baishakh End Change %
1 Nepal Life Insurance Company 19.45 13.51 43.97
2 Life Insurance Co Nepal 11.25 8.07 39.41
3 Rastriya Beema Sansthan 6.50 5.19 25.24
4 National Life Insurance Company 6.15 3.92 56.89
5 Asian Life Insurance Company 3.16 2.04 54.90
6 American Life Insurance Company  (MetLife) 3.08 2.22 38.74
7 Union Life Insurance 2.79 1.25 123.20
8 Prime Life Insurance Company 2.13 1.37 55.47
9 Surya Life Insurance Company 1.78 0.72 147.22
10 Gurans Life Insurance Company 1.69 0.99 70.71
11 Citizen Life Insurance Company 1.11 0.34 226.47
12 Jyoti Life Insurance Company 0.93 0.38 144.74
13 IME Life Insurance Company 0.92 0.31 196.77
14 Reliance Life Insurance 0.83 0.26 219.23
15 Sun Nepal Life Insurance Company 0.77 0.33 133.33
16 Reliable Nepal Life Insurance 0.60 0.29 106.90
17 Sanima Life Insurance Company 0.54 0.18 200.00
18 Prabhu Life Insurance Company 0.44 0.16 175.00
19 Mahalaxmi Life Insurance Company 0.22 0.00 100.00
Total 64.34 41.53 54.92

 

ज्योति, आईएमई, रिलायन्स, सन नेपाल, रिलायबल, र सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुल्क संकलन ५० करोडदेखि एक अर्बको बीचमा रहेको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको नवीकरण बीमाशुल्क ५० करोडभन्दा कम रहेको छ ।

समीक्षा अवधिमा सिटिजन्स लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाुशल्क २०० प्रतिशत बढीले वृद्धि भएको छ । आइएमई, प्रभु, सूर्या, ज्योति, सन नेपाल, युनियन, रिलायबल र महालक्ष्मी विकास बैंकले पनि शतप्रतिशत धेरैले नवीकरण शुल्क बढाएका छन् ।

यस अवधिमा गुराँस लाइफ, नेशनल, प्राइम र एशियन लाइफले ५० प्रतिशत धेरैले नवीकरण बीमाशुल्क रकम वृद्धि गर्दा नेपाल लाइफ, एलआईसी, मेट लाइफ र राष्ट्रिय बीमा संस्थानको नवीकरण शुल्क ५० प्रतिशतभन्दा कम रहेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम २५.२४ प्रतिशतले मात्र नवीकरण शुल्क वृद्धि गरेको छ ।

6875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका