जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल क्रेडिट एन्ड कमर्श बैंक कम्पनी विश्लेषण

नेपाल क्रेडिट एन्ड कमर्श बैंक कम्पनी विश्लेषण

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ रुपैयाँले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ३७२ पुगेको हो ।

यस दिन बैंकको ५ लाख २६ हजार ४३० कित्ता शेयर खरिद विक्री भएको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब १० करोड नाफा कमाएको छ । गत आवको तुलनामा नाफा चालू आवमा ५ दशमलव ५ प्रतिशतले कमी आएको हो ।

गत आवको तेस्रो त्रैमासम्म बैंकले रु. १ अर्ब १६ करोड ५८ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो ।

नाफामा कमी आएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. १५ दशमलव ०७ रहेकामा चालू आवमा घटेर रु. १४ दशमलव २३ मा सीमित भएको हो ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका