जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आइपिओ निष्काशनको तयारीमा रहेको डिसहोमले किन्यो प्रभु टिभी

आइपिओ निष्काशनको तयारीमा रहेको डिसहोमले किन्यो प्रभु टिभी

प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले प्रभु टिभी खरिद गरेको छ । डेड लाख भन्दा धेरै ग्राहक भएको प्रभु टिभीलाई प्राप्ति गरेको हो । केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रभुका ग्राहकहरुले अहिले भइरहेको सेवा सहित डिसहोमले दिइरहेको सेवा पनि प्राप्त गर्न सक्ने छन् । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ । हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुलाई प्राप्ति गरे सँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् ।

डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ । बोर्डले अनुमति दिने वित्तीकै कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्न सक्ने छ ।

4850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?