जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पूर्व गर्भनर डा.चिरनजीवी नेपालका प्रिय पात्र पाण्डे र थापाद्वारा जनताको ७४ करोड ६४ लाख सर्वसाधारण र संस्थागत निक्षेपमा खेलवाडः राष्ट्र बैंकद्वारा कारवाहीको तयारी

पूर्व गर्भनर डा.चिरनजीवी नेपालका प्रिय पात्र पाण्डे र थापाद्वारा जनताको ७४ करोड ६४ लाख सर्वसाधारण र संस्थागत निक्षेपमा खेलवाडः राष्ट्र बैंकद्वारा कारवाहीको तयारी

भनिन्छ विग्रेको माल किनेपछि त्यसलाई राम्रो बनाउन कठिन हुन्छ । यदि राम्रो बनाउन सकिन भने त्यो काम लाग्दैन । त्यस्तै भएको छ एउटा नेपाली जनताको करोडौं सर्वसाधारण र संस्थागत निक्षेपकर्ताहरुको २ करोड १४ लाख भन्दा बढि लगानी रहेको संस्था क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडमा भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकमा डा. चिरनजीवी नेपाल गर्भनर भएकै बेला क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त घोषणा गरि राष्ट्र बैंकले नै व्यवस्थापन लिएको थियो । गर्भनर डा. नेपालले आफूले अवकाश पाउनु केही महिना अगाडी आफ्नै मित्र एवं प्रिय पात्र व्यवसायीद्वय प्रवल जङ्ग पाण्डे र चिरनजीवी थापा लगायतका नयाँ लगानीकर्ता समूहलाई उक्त संस्था जिम्मा लगाएका थिए ।

हिले आएर नेपाल, पाण्डे र थापा गरिब नेपाली जनताहरुको रगत र पसिनाको कमाईबाट लगानी गरिएको २ करोड भन्दा बढि डुब्ने पक्का पक्की जस्तै देखिन्छ । भनिन्छ अहिले सयौ लगानीकर्ताहरु आफ्नो सम्पत्ती डुब्ने भएको भन्दै प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा उजुरी दिन पुगेको भेटिएको छ ।

उक्त समुहले कम्पनी खरिद गरेर संचालन गर्नुभन्दा पनि उक्त कम्पनीको सम्पती लिलामी गर्ने र आर्जित रकम आफैले चलाउने मनसायबाट अघि बढेपछि क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडमा ठूलो रकम राखेका संस्थागत निक्षेपकर्ता डुब्ने खतरा बढेको भन्न सकिन्छ । धेरैजसो व्यक्तिगत निक्षेपकर्ताको रकम फिर्ता गरेपनि हाल रहेका लगानीकर्ताले संस्थागत निक्षेपकर्ताको रकम भने फिर्ता गर्न नसक्ने देखिन्छ । गर्भनर साब हेक्का होस् ।

राजनीतिक दवावमा तत्कालीन गर्भनर डा. नेपालले आफ्ना प्रिय पात्रहरुलाई क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड जिम्मा लगाएकै कारण लगानीकर्ता सडकमा पुग्ने खतरा बढेको छ भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् । कथा हेरौं कस्तो छ त ?

समस्याग्रस्त क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका निक्षेपकर्ताको ठूलो रकम डुब्ने खतरा बढेको देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका रोजगारदाता परिषद्का सहसभापति प्रबलजङ्ग पाण्डे, तत्कालीन गैर आवासीय नेपाली चिरञ्जीवी थापा लगायतका नयाँ लगानीकर्ता समुहका कारण क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको गरी ७४ करोड ६४ लाख रुपैयाँ डुब्ने खतरा बढेको छ भन्दा फरक पर्दैन । जसमध्ये २ करोड १४ लाख रुपैयाँ सर्वसाधारण निक्षेपकर्ताको रहेको देखिन्छ ।

नयाँ लगानीकर्ता समुहले ६ महिना भित्र संचालन गर्ने गरी लिएको उक्त कम्पनी ४ वर्ष पुग्न लागिसक्दा पनि लगानीको लागि चुक्ता पूँजी समेत संकलन गर्न सकेका छैनन् । साथै उनीहरूले आफैले चुक्ता पूँजीको जोहो गरेर कम्पनी संचालन गर्न सक्ने अवस्था समेत देखिदैन कारण के हो ? यसको खोजी आर्थिक बजार न्यूजडटकमले शुरु गरेको छ ।

समस्याग्रस्त रहेको क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई संचालन गर्ने भन्दै २०७५ असोजमा पाण्डे, थापालगायतका नयाँ लगानीकर्ता समुहले संस्थापकतर्फका ७० प्रतिशत संस्थापक सेयर खरिद गरेका थिए । उक्त समुहले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाललाई आफ्नो पक्षमा पार्दै कौडीको मुल्यमा अति नै सस्तो मूल्यमा क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडको सेयर खरिद गरेका थिए । तर उक्त समुहले कम्पनी खरिद गरेर संचालन गर्नुभन्दा पनि उक्त कम्पनीको सम्पती लिलामी गर्ने र आर्जित रकम आफैले चलाउने मनसायबाट अघि बढेपछि क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडमा ठूलो रकम राखेका संस्थागत निक्षेपकर्ता डुब्ने खतरा बढेको भन्न सकिन्छ । धेरैजसो व्यक्तिगत निक्षेपकर्ताको रकम फिर्ता गरेपनि हाल रहेका लगानीकर्ताले संस्थागत निक्षेपकर्ताको रकम भने फिर्ता गर्न नसक्ने देखिन्छ । गर्भनर साब हेक्का होस् ।

नेप्सेमा भएको कारोबारको आधारमा पनि रकम जुटाउन सकेको देखिदैन । तत्कालीन समयमा सो समुहले १३ करोड रुपैयाँ मात्र लगानी गरेको थियो । कम्पनीको लगानी र धितोको आधारमा सबै रकम असुली गर्न सकिने देखिएपनि नयाँ प्रवेश गरेका लगानीकर्ता समुहले तत्कालै केही धितो आपसी मिलेमतोमा लिलामी प्रक्रिया अघि बढाएका थिए । तर राष्ट्र बैंकको अब्जेक्सन पछि उक्त लिलामी प्रक्रिया रोकिएको छ भन्दा फरक पर्दैन ।

तत्कालिक समयमा पहुँचको भरमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको निर्देशनमा पाण्डे, थापालगायतका नयाँ लगानीकर्ता समुहले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडको उक्त सेयर प्रतिकित्ता २२ रुपैयाँको दरले उठाएका थिए । तत्कालीन समयमा ६ महिनाभित्र संचालन गर्नेगरी पहुँचको भरमा उक्त कम्पनीलाई कौडीको मूल्य उठाएपनि हालसम्म संचालन गर्न सकेको देखिदैन । नयाँ लगानीकर्ता समुहले ६ महिना भित्र संचालन गर्ने गरी लिएको उक्त कम्पनी ४ वर्ष पुग्न लागिसक्दा पनि लगानीको लागि चुक्ता पूँजी समेत संकलन गर्न सकेका छैनन् । साथै उनीहरूले आफैले चुक्ता पूँजीको जोहो गरेर कम्पनी संचालन गर्न सक्ने अवस्था समेत देखिदैन कारण के हो ? यसको खोजी आर्थिक बजार न्यूजडटकमले शुरु गरेको छ ।

 
समस्याग्रस्त   संस्था समस्याग्रस्त घोषणा भएको मिति
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स ०६८ पुस २८ गते
क्यापिटल मर्चेण्ट एण्ड बैकिङ फाइनान्स ०६९ माघ १७ गते
कुवेर मर्चेण्ट फाइनान्स ०६९ पुस २३ गते
वल्र्ड मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स ०७० वैशाख १३ गते
नेपाल फाइनान्स ०७१ मंसिर १७ गते
अरुण फाइनान्स ०७१ माघ १२ गते
ललितपुर फाइनान्स ०७१ चैत १६ गते
नारायणी डेभलपमेण्ट बैंक ०७० चैत २७ गते
कर्पोरेट डेभलपमेण्ट बैंक ०७१ पुस ४ गते
हिमालय फाइनान्स ०६९ असार
क्रिष्टल फाइनान्स ०६७ चैत

हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ रहेको छ । तर सो समुहले नेप्सेमा भएको कारोबारको आधारमै पनि २० करोड ५७ लाख रुपैयाँमा खरिद गरेका थिए । तर उक्त समुहले नेप्सेमा भएको कारोबारको आधारमा पनि रकम जुटाउन सकेको देखिदैन । तत्कालीन समयमा सो समुहले १३ करोड रुपैयाँ मात्र लगानी गरेको थियो । कम्पनीको लगानी र धितोको आधारमा सबै रकम असुली गर्न सकिने देखिएपनि नयाँ प्रवेश गरेका लगानीकर्ता समुहले तत्कालै केही धितो आपसी मिलेमतोमा लिलामी प्रक्रिया अघि बढाएका थिए । तर राष्ट्र बैंकको अब्जेक्सन पछि उक्त लिलामी प्रक्रिया रोकिएको छ भन्दा फरक पर्दैन ।

केही समय अघि पनि क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले खराब ऋणीको सम्पती लिलामी गरेर असुली गर्ने भन्दै पत्रिकामा सूचना प्रकाशित गरेको थियो । यस अघि पनि नयाँ प्रवेश गरेका लगानीकर्ताले संस्था संचालनका लागि रकम जुटाउन नसकी कम्पनीको धितोमात्र बिक्री गर्ने प्रक्रिया अघि बढाएको थियो । अहिले पनि आफूले लगानी थप्नुको सट्टा संस्थाको सम्पती मात्रै लिलामी गर्न सूचना निकालेपछि राष्ट्र बैंकले थप एक्सन लिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

सो समुहले तत्कालीन समयमा कम्पनीको कर्जा उठौती गरी व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताको रकम फिर्ता गर्ने दायित्व सहित कम्पनीको सम्पूर्ण संस्थापक सेयर खरिद गरेको थियो । तर, कम्पनी खरिद गरेपश्चात् ऋणीको कतिपय धितो आपसी मिलेमतोमा लिलामी प्रक्रिया अघि बढाएपछि ऋणीहरू सोको विरोधमा उत्रिएका थिए । तर नयाँ लगानीकर्ता समुहले अरुलाई पनि संचालन गर्न नदिने आफूले पनि संचालन गर्न नसक्ने अवस्था भएपछि संस्थापक निक्षेपकर्ताको निक्षेप भने डुब्ने खतरा बढेको हो । भन्दा फरक पर्दैन । गर्भनर साब ।

केही समय अघि पनि क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले खराब ऋणीको सम्पती लिलामी गरेर असुली गर्ने भन्दै पत्रिकामा सूचना प्रकाशित गरेको थियो । यस अघि पनि नयाँ प्रवेश गरेका लगानीकर्ताले संस्था संचालनका लागि रकम जुटाउन नसकी कम्पनीको धितोमात्र बिक्री गर्ने प्रक्रिया अघि बढाएको थियो । अहिले पनि आफूले लगानी थप्नुको सट्टा संस्थाको सम्पती मात्रै लिलामी गर्न सूचना निकालेपछि राष्ट्र बैंकले थप एक्सन लिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।


यसैगरी निक्षेपकर्ताहरूले पनि पटक पटक ताकेता गर्दा समेत आफूले जम्मा गरेको रकम फिर्ता पाउन नसकेको गुनासो गरेका छन् । ‘हामीले संस्था समस्याग्रस्त भएसँगै राष्ट्र बैंकसँग सल्लाह गरेर आफ्नो डुवेको निक्षेप उठाउन प्रक्रिया अघि बढाएका थियौं,’ एक संस्थागत निक्षेपकर्ताले आर्थिक बजार न्यूजडटकमसंग नाम नलेखिदिने सर्तमा भने, ‘नयाँ समुहको प्रवेशसँगै उनीहरूले तत्कालै हाम्रो पैसा फिर्ता गर्छौैं भनेका थिए तर ४ वर्ष भैसक्यो न संस्था संचालन गरे न हाम्रो निक्षेप फिर्ता गर्छन ।’ यस विषयमा राष्ट्र बैंकले तदारुपकता नदेखाउँदा आफुहरु मर्कामा परेको समेत संस्थापक निक्षेपकर्ताहरुको गुनासो रहेको देखिन्छ गर्भनर साब हेक्का होस् ।

नयाँ लगानीकर्ताले लामो समयसम्म पनि संस्था संचालन गर्न नसकेपछि केही समय अघि मात्रै पत्र काटेर मर्जर जान वा नयाँ लगानीकर्ता भित्र्याएर संचालनमा ल्याउन निर्देशन दिइएको नेपाल राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । ‘उक्त संस्था लामो समयदेखि संचालमा ल्याउन नसकेपछि राष्ट्र बैंकले नयाँ लगानीकर्तालाई पनि केही समयअधि मात्रै अब लामो समय होल्ड गर्न नसक्ने भन्दै कि मर्जरमा गएर संचालनमा ल्याउनु कि छाड्नु भनेर निर्देशन दिएका छौं,’ राष्ट्र बैंक उच्च स्रोतले दाबी ग¥यो ‘तत्कालिन समयमा उक्त सस्थालाई स्वास्थ्य रुपमा संचालनमा ल्याउन नयाँ लगानीकर्तालाई जिम्मा लगाईएको थियो तर अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।’ गर्भनर साब ?

२०७७ भदौं २८ गते निरञ्जन सिंह वस्नेतको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको थियो । जसको सदस्यहरुमा जगत खनाल, आनन्दराज रेग्मी, रञ्जन रायमाझी र कैलाश भट्ट रहेका छन् । उक्त कम्पनीमा सबैभन्दा बढी लगानी प्रवलजंग पाण्डेलगायतको समुहको रहेको छ । त्यसैगरी म्यानपावर व्यवसायी तिलक रानाभाट, गुरु तिमिल्सिना, होमप्रसाद निरौला लगायतको पनि लगानी रहेको देखिन्छ ।

यस अघि राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादूर मिश्रले २०७५ सालमा भित्रिएका नयाँ लगानीकर्ता समुहले संस्था संचालन गर्न नसक्ने अवस्था देखिएपछि कि तत्काल मर्जर जाने वा नयाँ लगानीकर्ता भित्र्याएर संस्था संचालनमा ल्याउने विषयमा छलफल अघि बढाइएको एक संचारमाध्याममा बताएका थिए । उक्त संस्था संचालन गर्ने सम्बन्धमा क्यापिटल मर्चेण्ट एण्ड फाइनान्स कम्पनीका व्यवस्थापनलाई बोलाएर छलफल गरेको तर उनीहरूले संचालनगर्ने स्पष्ट खाका समेत प्रस्तुत गर्न नसकेको दाबी उनीको थियो । भन्दा फरक पर्दैन ।

नयाँ लगानीकर्ताले संस्था खरिद गरेपश्चात् संचालन समितिको अध्यक्षमा चिरञ्जीवी थापा चयन भएका थिए । तर संस्था चल्न सक्ने अवस्था नदेखिएपछि उनले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । त्यसपश्चात २०७७ भदौं २८ गते निरञ्जन सिंह वस्नेतको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको थियो । जसको सदस्यहरुमा जगत खनाल, आनन्दराज रेग्मी, रञ्जन रायमाझी र कैलाश भट्ट रहेका छन् ।

डुबेको उक्त कम्पनीलाई चलाउन नसक्नेहरुले राम्रो धितो हडप्न गरेको हस्तक्षेपलाई राष्ट्र बैंकले तत्कालै सच्याउनु पर्दछ । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, पाण्डे र थापालाई जनताको सम्पत्ती माथी रजाई गर्ने अधिकार छैन । ४ वर्षसम्म पनि केही नगरि बस्नेहरुले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई पुर्नजीवन दिने कुरा पत्याउन सकिदैन ।

उक्त कम्पनीमा सबैभन्दा बढी लगानी प्रवलजंग पाण्डेलगायतको समुहको रहेको छ । त्यसैगरी म्यानपावर व्यवसायी तिलक रानाभाट, गुरु तिमिल्सिना, होमप्रसाद निरौला लगायतको पनि लगानी रहेको देखिन्छ । जे भए जसो भएपनि निरिह जनताको पैसा डुब्नु हुँदैन । जनताको पैसाको जिम्मा बैंक र वित्तिय संस्थाका (बाबु होइन हजुरबुबा) नेपाल राष्ट्र बैंकले जिम्मा लिनु पर्दछ कि पर्दैन ।

डुबेको उक्त कम्पनीलाई चलाउन नसक्नेहरुले राम्रो धितो हडप्न गरेको हस्तक्षेपलाई राष्ट्र बैंकले तत्कालै सच्याउनु पर्दछ । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, पाण्डे र थापालाई जनताको सम्पत्ती माथी रजाई गर्ने अधिकार छैन । ४ वर्षसम्म पनि केही नगरि बस्नेहरुले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई पुर्नजीवन दिने कुरा पत्याउन सकिदैन । सचेत भया ।

11080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका