जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आजै मन्त्रिपरिषद विस्तार, बादल पत्नी सञ्चार मन्त्री पक्का

आजै मन्त्रिपरिषद विस्तार, बादल पत्नी सञ्चार मन्त्री पक्का

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। आफू प्रधानमन्त्री भएपछि १९ औं पटक मन्त्रिपरिषद बिस्तारको तयारी थालेका ओलीले पछिल्लो पटक जेठ २१ गते मन्त्रिपरिषदमा हेरफेर गरेका थिए।

नयाँ मन्त्री छान्नेबारेमा केही दिन यता तीब्र तयारी थालेका ओलीले एमालेका दोस्रो तहका नेताहरुलाई मुख्य जिम्मेवारी दिँदैछन्। साथै माओवादी पृष्ठभूमिका शीर्ष नेताबाहेकलाई पनि मन्त्रीको जिम्मेवारी दिन लागेको बालुवाटार निकट स्रोतले जानकरी दियो। ७ मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गर्ने ओलीले तयारी थालेका हुन्।

को-को बन्दै छ मन्त्री?

स्रोतका अनुसार गृह मन्त्रीका लागि ओलीले एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीको नाम अघि सारेका छन्। गृहमा महेश बस्नेत र अधिकारी दुवै जनाको दाबी भए पनि ओलीले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीलाई जिम्मेवारी दिन लागेका हुन्। ओलीका विश्वासपात्र समेत रहेका अधिकारीले गृहको जिम्मेवारी पाउने पक्का भएको स्रोतले बतायो।

‘प्रधानमन्त्रीले गृहको टुंगो लगाइसक्नु भएको हो। बाँकी मन्त्रालयका बारेमा पनि छलफल हुँदै छ,’ स्रोतले भन्यो। यस्तै, नैनकला थापालाई सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवादी मिल्दैछ। उनी पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन्। उनी राष्ट्रिय महिला आयोगको अध्यक्ष समेत रहिसकेकी हुन्।

त्यसैगरी नारदमुनि रानालाई वन तथा वातावरण, ज्वालाकुमारी शाह कृषि, जनता समाजवादी पार्टी जसपाका राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन लागेको बताइएको छ।

6370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका