जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • स्वास्थ्यमन्त्रीको सम्पत्तिः २२ तोला सुन,२० लाख सेयरमा लगानी

स्वास्थ्यमन्त्रीको सम्पत्तिः २२ तोला सुन,२० लाख सेयरमा लगानी

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रि भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका तामाङको सम्पत्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।

मन्त्री तामाङ र उनकी श्रीमती उषाकला राईको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । तामाङ दम्पतीका नाममा विभिन्न ४ जिल्लाका १५ ठाउँमा जग्गा, काठमाडौंको गोकर्णेश्वरमा घर, विभिन्न बैंकमा साढे ३ लाख जति नगद मौज्दात, २० लाख रुपैयाँ बराबरको विभिन्न संस्थाको सेयर, एउटा गाडी, एउटा मोटरसाईकल, २२ तोला सुन र २ थान ल्यापटप रहेको छ । त्यस्तै, ७१ लाख रुपैयाँ बराबरको ऋण तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा खुलाइएको छ ।

स्वास्थ्यमन्त्री तामाङकी पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभा सांसद हुन् ।

उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा ३ आना ३ पैसा २ दाम जग्गामा बनेको अढाई तले घर रहेको छ भने मन्त्री तामाङको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा ६ आना २ पैसा १ दाम जग्गा रहेको छ ।

त्यस्तै, तामाङको नाममा सिन्धुपाल्चोक जिल्लाको सन्धुकोटमा ८ रोपनी, १४ आना १ पैसा २ दाम र मेलम्चीमा ९ रोपनी ६ आना १ पैसा १ दाम रहेको छ । यो सबै मन्त्री तामाङको पूर्खौली सम्पत्ति रहेको र अंशका रुपमा पाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै, उषाकला राईका नाममा मोरङका विभिन्न ९ स्थानमा जग्गा रहेको देखिन्छ । राईको नाममा खोटाङमा मात्र १०५ रोपनी जग्गा रहेको छ ।

तामाङ दम्पतीको पुख्र्यौली सम्पत्तिका रुपमा २२ तोला सुन रहेको उल्लेख छ ।

शेर बहादुर तामाङको नाममा रहेको एभरेष्ट बैंकमा २ लाख १६ हजार १२५ रुपैयाँ, र उनीकी पत्नी उषाकला राईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ७६ हजार २२५ र कृषि विकास बैंकमा ३५ हजार रुपैयाँ नगद मौज्दात रहेको छ ।

तामाङ दम्पतीका नाममा विभिन्न संस्थाको २० लाख रुपैयाँ बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । तामाङका नाममा विभिन्न कम्पनीको ५ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ भने उषाकला राईको नाममा ओम श्रीजल प्रालीको १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर रहेको छ ।

तामाङ दम्पतीले करिब ७१ लाख रुपैयाँ बराबरको ऋण तिर्न बाँकी रहेको देखिन्छ । उनीहरुले कृषि विकास बैंकबाट ४८ लाख रुपैयाँ बराबर ऋण लिएकोमा ३२ लाख रुपैयाँ तिरिसकेको र १६ लाख रुपैयाँ मासिक किस्ताका रुपमा तिर्न बाँकी रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै, एमएडब्लु इन्भेस्टमेन्ट प्रालीबाट किस्ताबन्दीमा ५४ लाख रुपैयाँ बराबरको गाडी लिएकोमा १८ लाख तिरिसकेको र बाँकी ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

२२ लाख रुपैयाँ बराबरको अन्य ऋण रहेकोमा ३ लाख बराबर तिरिसकेको र १९ लाख रुपैयाँ तिर्न बाँकी रहेको विवरण खुलाईएको छ ।

उषाकला राईका नाममा एउटा कार र तामाङका नाममा एउटा मोटरसाइकल रहेको छ । त्यस्तै २ थान ल्यापटप र ३ थान मोबाईल पनि आफ्नो सम्पत्तिका रुपमा रहेको तामाङले खुलाएका छन् ।

7460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका