जोडिनुहोस
शनिबार, माघ ८, २०७८
शनिबार, माघ ८, २०७८
  • होमपेज
  • आइएफआइसीको शेयर चौधरीलाई बिक्री गर्नु गैरकानुनी रहेको भन्दै दुगड समूह अदालत पुग्यो

आइएफआइसीको शेयर चौधरीलाई बिक्री गर्नु गैरकानुनी रहेको भन्दै दुगड समूह अदालत पुग्यो

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्धा दायर गरेका छन् । दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ पाटन उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । यसअघि दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा उजुरी दिएका थिए ।

बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो स्वामित्वको ४२ प्रतिशत शेयर बिक्री गर्दैछ । उक्त शेयर उद्योगपति विनोद चौधरीले किन्ने सहमति भएको छ । तर आईएफआइसी बैंकले ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौत गरेको थियो । शुरुमा आफूलाई बिक्री गर्ने सम्झौता गरेको तर अहिले आएर अर्कै समूहलाई बेच्ने गरी प्रक्रिया अगाडि बढाएको भन्दै दुगड समूहले मुद्धा हालेको हो । दुगड समहूले उक्त सम्झौता गैरकानुनी भएको दाबी गरेको छ ।

सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर शेयर खरिदका लागि आईएफआईसीसँग सम्झौता गरेका थिए । आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर शेयर प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्न सहमत गरेको थियो । आईएफआईसीले एनबी बैंकमा रहेको प्रमोटर शेयर विक्री गरेर ६ अर्ब रुपैयाँ प्राप्त गर्ने सम्झौता भएको थियो । गत अप्रिल २ मा दुबै समूहबीच हस्ताक्षर भएको दाबी छ ।

उक्त सबै प्रमाण आफूहरुसँग रहेको बताउँदै दुगड समूहले राष्ट्र बैंकलाई आफूसँग भएको सम्झौता भंग भएको जानकारी पनि नदिएको र सम्पर्क बन्द गरेर अर्कै समूहलाई बिक्री गर्न लागेकोले रोक्नको लागि उजुरी दिएको स्रोतले बताएको छ । आफूसँग पहिला नै सम्झौता गरेकाले आफूहरुले नै शेयर किन्न पाउनुपर्ने दुगड समूहको माग छ ।

दुगड समूहले आईएफआईसीको शेयर किनेर सनराईजसँग मर्जमा लैजान खोजेका थिए । तर २ महिनादेखि आईएफआईसीसँग दुगड समूहको कुराकानी नै बन्द भएको छ । आईएफआईसी बैंकको प्रमोटर शेयर खरिद गर्न दुगड समहूलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारकाकाले साथ दिएका थिए ।

यता नेपाल राष्ट्र बैंकले ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा एनबी समूह आईएफआईसीको शेयर हिस्सा खरिद गर्नका लागि ‘अयोग्य’ देखाएको थियो । एनबी बैंकमा एनबी समूहको ८ प्रतिशत प्रमोटर शेयर छ । एनबी समूह आफूले शेयर किन्न नपाएपछि आफू अनुकूल लगानीकर्ता भित्र्याउन चाहन्छ । तर दुगड समूह भने चौधरीको हातमा उक्त शेयर पर्न नदिन सक्रिय रुपमा लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका