जोडिनुहोस
शनिबार, माघ ८, २०७८
शनिबार, माघ ८, २०७८
  • होमपेज
  • सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गिरी

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गिरी

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन्। उनी त्यही बैंकमा एक वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत थिए।

गिरीले नेपाल बंगलादेश बैंक, सनराइज बैंकमा काम गरेका थिए भने कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सल डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्।

गिरीको बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव छ। सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको २४ वटा शाखा छ।

उनले आफ्नो ज्ञान र अनुभवका आधारमा बैंकको व्यवसाय वृद्धि गरेर लगानीकर्तालाई उच्चतम प्रतिफल दिने प्रतिबद्धता जनाए

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका