रेमिटेन्स
सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ सम्पन्न

सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८३ जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” प्रदान गरिएको छ।
सो सम्मान गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ वरिष्ठ संगीतकार सि. के. रसाईलीलाई जनही नगद पुरस्कार १ लाख १ रु प्रदान गरिएको छ।
नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर भएको भन्दै उक्त पुरस्कार रकम क्यान्सर समाजका लागि हस्तान्तरण गरेकी छिन्। उनले आफ्नै पहलमा क्यान्सर रोग लागेका कलाकारलाई सहयोग गर्ने उद्देश्यले हालै मात्रै क्यान्सर समाज स्थापना गरिएको जानकारी दिइन्।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार गितारवादक दीपक थापार, अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। ५० हजार रुपैयाँ राशिको यो सम्मान संगीत क्षेत्रका सक्रिय कलाकारलाई स्वास्थ्योपचारमा सहयोग पुर्याउने उद्देश्यले दिइएको हो।
भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानलाई साथ दिँदै आएको छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै यसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुरु गरेको छ। साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी समेत निगरानी गर्न सकिन्छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































