जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • जनता बैंकद्वारा लमजुङको विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

जनता बैंकद्वारा लमजुङको विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ । लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका बिच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको थियो ।

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत बर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

जनता बैंकले हाल देश भरीबाट गरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

5965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका