जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • हाइड्रोमा बर्षेनी ७० अर्ब लगानी गर्नुहोस: अर्थमन्त्री

हाइड्रोमा बर्षेनी ७० अर्ब लगानी गर्नुहोस: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले गैर आवशीय नेपाली (एनआरएन) हरुबाट नेपालले हाइड्रोमा मात्र ७० अर्ब लगानीको अपेक्षा गरेको बताएका छन् । गैरआवासीय नेपालीहरुको ९ औ विश्व सम्मलेनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले एनआरएनबाट ३-४ अर्ब नभई बार्षिक ७० अर्ब अपेक्षा गरिएको बताए ।

नेपाल सरकारले १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादनको लक्ष्य लिएको र त्यसको लागि २० खर्ब लगानी आवश्यक पर्ने बताउदै मन्त्री खतिवडाले भने ‘२० खर्बमा १४-१५ खर्ब बैंक तथा वित्तीय संस्था मार्फत स्वदेशबाट पुँजी संकलन होला, बाँकि ५-६ खर्ब त वैदेशिक ऋण चाहिन्छ, त्यसैले एनआरएनएबाट हाइड्रोमा मात्र ठुलो लगानी अपेक्षा गरेका छौ ‘ ।

यद्यपि आर्थिक रुपान्तरणको लागि स्रोत र विचार प्रशोधित हुनु पर्ने उनले स्पष्ट पारे । नेपालमा लगानीको वातवरण बनेकोले अरु धेरै क्षेत्रमा पनि लगानी बढाउँन समेत उनले आग्रह गरे ।

सरकारी निर्णय प्रक्रिया, कार्यन्वयनको पाटो, औद्योगिक भौतिक सुरक्षाको ग्यारेन्टी हुने गरी सरकारले काम गरिरहेको र लगानीकोप्रतिफल लैजान पनि सहज हुने गरी कानुन बनेको स्मरण गराउदै उनले लगानी बढाउन आग्रह गरे ।

नेपालमा अंग्रेजी बोल्ने जनशक्ति भएको, धितोपत्र बजारमा सामुहिक लगानी कोष मार्फत लगानी गर्न पाउने नियम बनेको, होटेलको माग बढेकोले पनि यी क्षेत्रमा समेत लगानीको अवसर रहेको उनले बताए ।

सम्मलेनको राष्ट्र्पाती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने छ ।

महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन् ।

5195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?