जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • अध्यक्षको चुनाव जितेपछि कुमार पन्तले भने : नेपालमा १० अर्ब लगानी भित्र्याउने छु

अध्यक्षको चुनाव जितेपछि कुमार पन्तले भने : नेपालमा १० अर्ब लगानी भित्र्याउने छु

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अध्यक्ष बनेलगत्तै नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिकृया दिने क्रममा उनले नेपालमा १० अर्ब रुपैयाँको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन । उनले त्यो प्रतिबद्धता पुरा गर्ने पनि जनाएका छन् । अहिले नेपालमा लगानीको आवश्यक रहेको र सरकारले पनि लगानीको लागि अपेक्षा गरेकोले सरकारको अपेक्षा पुरा गर्ने उनको तर्क छ ।

उनले आफ्नो जीतलाई केवल एक व्यक्तिको मात्रै नभएर सबै एनआरएनएको जीत भएको भन्दै आगामी दिनमा संस्थाका हित उद्देश्य अनुसार सबैलाई एकताबद्ध गरेर अघि बढने प्रण गरेका छन् ।

उनले अर्को पटकदेखि निर्वाचनको सम्मेलन नै नेपालमा नगर्ने र अनलाइन मार्फत भोटिङ गराउने र सबै सदस्यलाई भोट हाल्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिने क्रममा नवनिर्वाचित अध्यक्ष पन्तले संस्थामा राजनीतिक हुन खोजेको भन्दै आगामी दिनमा संस्थालाई त्यसबाट मुक्त गराउने बताएका छन् ।

उनले संस्थालाई राजनीतिबाट मुक्त गराउने भनेपनि नव निर्वाचित पन्तलाई नेकपा र पराजित भएका कुल आचार्यलाई नेपाली काँग्रेसको साथ रहेको थियो । एनआरएनएमा राजीति भयो भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्व नवौं सम्मेलन नै बहिस्कार गरेका छन् ।

7750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?