राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६३ को उपधारा (२) मा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने र पदमुक्त गर्ने संवैधानिक ब्यबस्था छ । नव नियुक्त प्रदेश प्रमुखहरुको सपथ मंगलबार बिहान हुने भएका छन् ।