जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एनबी बैंकका सीइओ ढुंगानाद्वारा १० करोड कर्जा बैंक सञ्चालक कार्कीलाई ?

एनबी बैंकका सीइओ ढुंगानाद्वारा १० करोड कर्जा बैंक सञ्चालक कार्कीलाई ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा घिन लाग्ने काण्ड एनबी बैंक लिमिटेड भित्र भएको छ, भन्दा पत्याउन गाह्रो होला । तर, कथा सत्य हो ।
एनबी बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले आफ्नै बैंकका सञ्चालकको लगानी भएको पार्थ इन्टरनेशनलाई ९ करोड ९० लाख कर्जा दिएर सबैलाई चकित बनाई दिएको छ ।

सधैं विवादमा फस्दै आएका एनबी बैंकका सीइओ ढुंगानाले आफ्नै बैंकका सञ्चालक दिपक कार्की र रेशु अग्रवालको स्वामित्वमा रहेको पार्थ इन्टरनेशनललाई घुमाउरो पाराबाट जनताको डिपोजिटबाट जम्मा गरिएको १० करोड कर्जा प्रवाह गरिनु गैर कानुनी मात्र छैन । सञ्चालकहरुलाई कर्जा दिनै पाइदैन । यसमा ठूलो आर्थिक चलखेल भएको एनबी बैंकका एक सञ्चालकले आर्थिकबजार न्यूजडटकमलाई टेलिफोनमा बताए ।

घुमाउरो पाराबाट एनबी बैंकका सीइओ ढुंगानाले सञ्चालक समितिमा नपु¥याई सिधै २०७५ असार ३२ गते उक्त कर्जा दिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

उक्त कर्जा माथी शंका लागेपछि नेपाल राष्ट्र बैंकले एनबी बैंकका सञ्चालक कार्की र सीइओ ढंगानासंग स्पष्टिकरण समेत माग गरेको देखिन्छ ।
ढुंगाना र काकीले दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि यि दुबैलाई बैंकिङ्ग कसुर अनुसार छानबीन भइरहेको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले टेलिफोनमा बताए ।

हेर्दा पनि अचम्म लाग्ने काम एनबी बैंकका सीइओ ढुंगानाले गरेको भेटिएको छ । रेशु अग्रवाल र बैंक सञ्चालक दिपक कार्कीको स्वामित्व समेत रहेको धितो १ करोड ६९ लाखको भ्यालु गरिएको छ । तर, एनबी बैंकका सीइओ ढुंगानाले ९ करोड ९० लाख कर्जा दिएका छन् । यो कस्तो कर्जा हो गर्भनर डा. चिरनजिबी नेपालज्यू ।

एनबी बैंकका सीइओ ढुंगानाले यसबारेमा सम्पर्क गर्न खोज्दा हाम्रो फोन उठाएनन् । तर, सञ्चारमाध्यामलाई भनेका छन्ः– ‘सञ्चालकले नै यत्तिको व्यक्तिसँग कारोबार गर्दा हुन्छ भनेपछि मैले सहज रुपमा लिएँ,’ सीइओ ढुंगाानले भने, ‘हाम्रो बैंकको सञ्चालक दिपक कार्कीजी ऋणी रेशु अग्रवालसँग जेपी हाइड्रोमा पार्टनर हुनुहुँदो रहेछ, उहाँले त्यो कुराको जानकारी बैंकलाई गराउनु भएन ।

सञ्चालक साझेदार भएको कम्पनीमा बैंकले ऋण दिएको देखेपछि राष्ट्र बैंकले हामीलाई प्रष्टिकरण सोध्यो र, उक्त ऋण प्रोभिजनिङ गर्न निर्देशन दियो ।’ उनीकै भनाई सापट लिने हो भने ढुंगानाले कर्जा दिनु पहिला बुझ्नु पर्ने थियो कि थिएन गर्भनर साब ?
एनबी बैंकले २०७५ असार ३२ गते उक्त ऋण स्वीकृत गरेको थियो । असार मसान्तमा ९ करोड ९० लाख रुपैयाँ बराबरको ऋण स्वीकृत भएको पाएपछि राष्ट्र बैंकले कर्जा दुरुपयोगको आशंका गरेको थियो ।

राष्ट्र बैंकले उक्त ऋण प्रोभिजनिङ गर्न लगाएर बैंकका सीइओ ढुंगाना, सञ्चालक दिपक कार्की र सञ्चालक समितिलाई कारबाही किन नगर्ने ? भन्दै प्रष्टिकरण सोधेको छ । एक डिपुटी गर्भनरले टेलिफोेनमा बताए ।

सीइओ ढुंगाना, सञ्चालक कार्की र सञ्चालक समितिले राष्ट्र बैंक समक्ष स्प्रष्टिकरण पेश गरिसकेका छन् । यद्यपि राष्ट्र बैंकले स्प्रष्टिकरण चित्तबुझ्दो नभएको भन्दै स्थलगत अध्ययन शुरु गरेको छ । यसबाट सीइओ ढुंगानालाई कारवाही हुने ति अधिकारीले बताए ।
बैंकका सञ्चालक दिपक कार्कीले रेशु अग्रवालको ऋणको प्रस्ताव ल्याएको सीइओ ढुंगानाले एक सञ्चार माध्यामलाई बताएका छन् । सचते भया ।

10385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका