अजोड इन्स्योरेन्सको विजनेश ग्रोथ राम्रो देखिएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा कम्पनीले करिव २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार ४४३ बीमा लेख जारी गरेको छ ।
विजनेश विस्तारसँगै कम्पनीमा बीमा दावी पनि बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप ४ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा छ भने प्रतिसेयर कुल सम्पत्ति मुल्य १६० रुपैयाँ रहेको छ । तर प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ११ पैसा मात्र छ । असोज मसान्तसम्ममा कम्पनीले करिव ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।