जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीमध्ये लाभांश बाँड्नेमा पहिलो बन्यो आइएमई जनरल

निर्जीवन बीमा कम्पनीमध्ये लाभांश बाँड्नेमा पहिलो बन्यो आइएमई जनरल

निर्जीवन बीमा कम्पनीमध्ये आइएई जनरल इन्स्योरेन्स कम्पनीले पहिलोपटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ६ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर समेत गरि लाभांश घोषणा गरेको छ।

कम्पनीले यसै वर्ष हकप्रद शेयर निष्कासन गरेर बीमा समितिले निर्देशन गरेको पुँजी जुटाएको थियो। हाल कम्पनीको पुँजी एक अर्ब दुई करोड रूपैयाँ छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब आठ करोड रूपैयाँ कायम हुनेछ। उक्त बोनस शेयर आगामी हुने २२ औं वार्षिक साधारणसभामा पेश हुनेछ।

कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर दिएको थियो। खराब अवस्थामा रहेको एनबि इन्स्योरेन्सलाई आइएमई समुहले ह्याण्ड ओभर गरेको थियो। यससँगै कम्पनीले तीनपटक लगातार हकप्रद शेयर निष्कासन गरेर नियामकीय पुँजी जुटाएको हो। तीन वर्ष अगाडि ८० प्रतिशत, दुई वर्ष अगाडि शतप्रतिशत र यस वर्ष ८० प्रतिशत हकप्रद शेयर बिक्री गरिसकेको छ।

11935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका