जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक संचेतना कायक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक संचेतना कायक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुबाट ट्राफिक संचेतना प्रदान गरेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताए ।

प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई संचेतना कार्यक्रम संचालन गर्न पाउंदा खुसी लागेको बताए । उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचलन गरिएको संचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल,  विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती  थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उप प्रबन्धक जितेन्द्रसिंह थापाले संचालन गरेको थियो ।

6695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका