जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कागजको खोस्टाले पुर्याएको बैंकहरुको आठ अर्ब चुक्त पूँजी 

कागजको खोस्टाले पुर्याएको बैंकहरुको आठ अर्ब चुक्त पूँजी 

नेपालका वाणिज्य बैंकहरुको चुक्ता पूँजी ८ अर्ब छ । यो सत्य हो । तर, कस्तो ८ अर्ब हो ? यो चाँहि अचम्मकै रुपमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले २ अर्ब चुक्ता पुँजी भएका तत्कालीन ३२ वाणिज्य बैंकहरुलाई ८ अर्ब पू¥याउन निर्देशन नै ग¥यो ।

बैंकहरु पनि के कम २ अर्बबाट ८ अर्ब पूँजी पु¥याएर देखाई दिए । पूँजी कागजको खोस्टामा पुग्यो । तर, पैसा बैंकमा आएन । सबै जसो वाणिज्य बैंकहरुले बोनस शेयर र राईट शेयर दिएर ८ अर्ब पु¥याए ।

एउटा कागजको खोस्टोबाट तर, बैंकमा पैसा आएन । बैंकको पूँजी ८ अर्ब पुग्यो । कस्तो अचम्म, कस्तो चलाखी, कस्तो नाटकीय खेल हेर्दा त ठिकै जस्तो तर व्यवहारिक छैन भन्दा फरक पर्दैन ।

एक पूराना पूर्व सीइओले पक्तिकारसंग एक भेटमा भने तपाई आर्थिक पत्रकार हो नि होइन र ? मैले भनेः– हो । तपाई एउटा प्रश्नको उत्तर मलाई दिन सक्नुहुन्छ ? मैले भने सोध्नु होस् त । उनीले सोधे वाणिज्य बैंकहरुको पूँजी कति छ ? कसरी पु¥याए । मैले भने ८ अर्ब छ । राईट र बोनस शेयर दिएर पु¥याए । उनी भने सहि उत्तर अनि उनीले थपेः– ८ अर्ब कागजी खोस्टाको चुक्ता पुँजी हो । बोनस र राईट शेयर दिएर पूँजी बढ्दैन म तीन छक्क परे । यस्तो कुरा होइन भनी प्रतिवाद गर्दै थिए । उनीले भनेः– सबै नाटक हो । कागजी पुँजी ८ अर्ब हो । सक्नु हुन्छ भने लेखे हुन्छ ।

के कागजी खोस्टा कै ८ अर्ब हो त एक सीइओलाई प्रश्न गर्दा उनीले प्रस्टै भनेः– राईट शेयरबाट पैसा बैंकमा  आयो तर बोनस शेयरबाट आएन होला जे भएपनि पूँजी ८ अर्ब त पुग्यो नि उनीले थपे कति बैंकलाई खेदेको चुप लागेर बसे हुन्छ नि , नयाँ नयाँ कुरा उठाएको छ ।

उनीकै शब्द सापटी लिने हो भने कागजी चुक्ता पूँजी ८ अर्ब पूगेको मान्न पछि पर्नु हुँदैन । बैंकका संचालक र ठूला शेयरधनीलाई धनी बनाएर चुक्ता पूँजी ८ अर्ब पु¥याउने बैंकका संचालक समितिका सदस्य र सीइओहरुलाई धन्यवाद दिनै पर्दछ कि कसो ?

अर्को पक्ष पनि छ । बैंकहरुमा लेख्नै पर्ने त्यो हो चेकबुक र ढड्डा चोरको हातमा पूर्याउने नालायकीपन हामी डिपोजिट कर्ताको पैसाबाट मंहंगा गाडी चढ्ने, लाखै तलब खाने बैंकका शाखा प्रमुख देखि सीइओहरुकै अगाडी बैंक चोरको हातमा पुगेको घटना सार्वजनिक भयो तर, उनीहरु भनीरहेका छन् । यो सामान्य घटना हो । यस्ता घटना विश्व बजारमा घटेका छन् । लाज लाग्दैन ? नेपाल प्रहरीले बोराका बोरा चेक बुक सार्वजनिक ग¥यो । तर सीइओ भनिरहेका छन् । प्रहरीले रिस उठेर हाम्रो चाहि अगाडी राखेर फोटो देखाएको छ । यस्तो केही भएकै छैन । २÷२ जना पक्राउ परेका फटाहाहरुको एकाउण्ट रहेछ । हामीले रोक्का गरेका छौं नि ।

यो कस्तो बैकिङ्ग हो ? बैंक बदनाम हुने डरले लुकाउने गर्भनर डा. चिरनजीवी नेपालज्यू सचेत भया ।

9900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका