जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सनराइज बैंकको मास्टरकार्ड सँगको सहकार्य

सनराइज बैंकको मास्टरकार्ड सँगको सहकार्य

सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक जस्तै भिसा र युनियन पे ब्राण्डहरु सँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना ए.टि.एम र पोइन्ट अफ सेल ९एइक्० मार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको छ ।

सर्वसाधारणलाई विश्वस्तरिय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो ए.टि.एम मा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यस सँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ ।

नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने ए.टि.एमहरु नेपालमा न्यून रहेका छन् । सन््राइज बैंकको यस सेवाले पर्यटकहरुलाई ए.टि.एम मार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ ।

अत्याधुनिक पेमेन्ट सिस्टम सहित नविनतम् सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेल मार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागी आवश्यक पहल गरिसकेको छ ।

हालसम्म सन््राइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

4575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?