जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • दुर्गममा वायरलेस इन्टरनेट ल्याउँदै डिसहोम

दुर्गममा वायरलेस इन्टरनेट ल्याउँदै डिसहोम

डिसहोमले करिब ३० करोड लागतमा भिस्याट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सुचारू गर्न लागेको हो। नेपालका ठुला कार्पोरेट हाउसले कार्यालय प्रयोजनको लागि मात्र प्रयोग गर्दै आएको यो प्रविधि डिसहोमले भने व्यावसायिक रूपमै सञ्चालन गर्न लागेको हो।

कर्पोरेट हाउसले ‘के’ र ‘केयू’ ब्याण्डमा यो प्रविधि प्रयोग गरिरहेका छन् भने कम्पनीले ‘सी’ ब्याण्डमा यो सेवा सञ्चालन गर्न लागेको छ। जुन भिस्याट प्रविधिको गुणस्तरीय ब्याण्ड मानिन्छ।

डिसहोमले भिस्याट प्रविधिमार्फत दिने इन्टरनेट दुर्गमका उपभोक्ताले मात्रै चलाउन पाउने छन्। सहरी क्षेत्रमा केबुलबाट इन्टरनेट वितरण हुने भएको छ। जुन अन्य इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) हरूले प्रयोग गरेकै प्रविधि हो।

दुईवटा प्रविधिमार्फत इन्टरनेट पुर्‍याउने योजना रहेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउँछन्। ‘सहरी क्षेत्रमा केबुलबाट इन्टरनेट दिन्छौं, भिस्याट दुर्गमका लागि हो,’ उनले भने, ‘सहरमा केबुलबाटै इन्टरनेट दिने तयारी गरेका छौं।’ केबुल इन्टरनेट पनि एउटै सेटअप बक्समा जोडिने भएकाले दुवै सेवा ग्राहकलाई उस्तै लाग्ने उनले बताए।

यो प्रविधि तेस्रो मुलुकलगायत छिमेकी देश भारतमा समेत सञ्चालनमा छ। तर नेपाली उपभोक्तामाझ भने पहिलोपटक प्रयोगमा आउने भएकाले यसका सेवा र गुणस्तरबारे बुझाइने जानकारी उनले दिए । ‘कम्पनीले यसलाई बिजनेसको रूपमा मात्रै नभइ सेवाको रूपमा प्रयोगमा ल्याउन लागेको हो,’ उनले भने।

‘कस्टमर सर्भिस’ लाई केन्द्रमा राखेर काम गरेकाले ग्राहकले पाउने सुविधामा बढि ध्यान दिइने उनको भनाइ छ। ‘कस्टमर सर्भिसलाई विस्तार गरि सेवा दिने भएकाले हाम्रो सेवामा ग्राहकले सन्तुष्टि बढि पाउने छन्,‘ उनले भने ।

हाल केबुल टेलिभिजनसहित सेवा दिएका कम्पनीहरूको एक ठाउँमा कतै प्रसारण लाइनमा बाधा पुग्दा हुँदा टिभी र इन्टरनेट दुवै अवरुद्ध हुने गरेको छ। यो प्रविधि जडान गर्दा दुवै सेवा एकैपटक अवरूद्ध भने हुने छैन।

‘क्वालिटीमा फोकस गरिने हुँदा इन्टरनेट शुल्कमा खासै फरक भने पर्ने छैन,’ आचार्य भन्छन्, ‘शुल्कको हिसाबले पनि प्रतिस्पर्धी नै हुनेछौं ।’ तर डिसहोमको इन्टरनेट प्रयोग गर्दा हाल टेलिभिजन चलाइरहेको सेटअप बक्स भने चल्ने छैनन् । मोडेमहरू थप गर्नुपर्ने भएकाले ग्राहकलाई मर्का नपर्ने गरि कम्पनीले व्यवस्थापन गर्नेछ।

डिसहोमले सञ्चालन गर्न लागेको यो प्रविधि दुर्गममा सञ्चालित ठुला कर्पोरेट हाउसलाई लक्षित गरि सञ्चालन हुन लागेको हो। यो क्षेत्रका सर्वसाधारणले प्रयोग गर्न चाहेमा भोलुम बेस वा प्याकेजका आधारमा भिस्याटमार्फत इन्टरनेट सेवा दिने जनाइएको छ। कम्पनीले सिम टिभीको नाममा आइपीएसको लागि लाइसेन्स लिइसकेको छ।

उक्त आइपीएसबाट यो सेवा सञ्चालन गर्दैछ। भिस्याटको लागि छुट्टै लाइसेन्स लिने व्यवस्था नेपालमा छैन त्यसैले सञ्चार मन्त्रालयमा निवेदन दिइसकेको छ। भिस्याट प्रविधि नयाँ भने होइन । अहिले पनि केही कर्पोरेट हाउसले यो प्रविधि प्रयोग गरिरहेका छन्।

7640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?