जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • पत्रकार बन्न परीक्षा दिनुपर्ने

पत्रकार बन्न परीक्षा दिनुपर्ने

पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता पेशा गर्न प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा नयाँ प्रवेश गर्नेका लागि सो व्यवस्था गरिएको हो ।

“न्यूनतम व्यावसायिक परीक्षा लिने हो, विश्वविद्यालयबाट पत्रकारिता पढेर आएकै हुन्छन्”, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, “व्यावसायिक पत्रकारिता र आचारसंहिताका विषयमा परीक्षा लिने हो, पेशागत शुद्धताका लागि यसले सहयोग प¥याउनेछ ।” पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् ।

नयाँ प्रवेशीका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र ( लाइसेन्स) का लागि जाँच लिनेछ । काउन्सिलले पाठ्यक्रम बनाएर उक्त व्यवस्था तय गर्नेछ । सांसद राधेश्याम अधिकारीले इटालीबाहेक अन्य देशमा पत्रकारितामा प्रवेश गर्नेका लागि प्रवेश परीक्षाको व्यवस्था नभएको हुनाले वाक तथा स्वतन्त्रताको विषय भएको हुनाले तत्काल परीक्षा लिने विषयमा सोच्नुपर्ने धारणा राख्नुभएको थियो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले डाक्टर, इञ्जिनीयर, शिक्षक, वकिललगायत प्रत्येक क्षेत्रमा काम गर्नुअघि अनुमति लिनुपर्ने व्यवस्था भएकाले पत्रकारिता क्षेत्रको गुणास्तर सुधार गर्ने उद्देश्यले सरोकारवालापक्षसँग छलफल गरेर नै लाइसेन्स परीक्षाको व्यवस्था गरेको स्पष्ट पार्नुभयो । काउन्सिलमा अध्यक्षसहित ११ सदस्य हुनेछन् ।

अध्यक्ष सरकारले नियुक्ति गर्नेछ । प्रत्येक प्रदेशको प्रतिनिधित्व गर्दै कम्तीमा दुई जना महिलासहित सात, पत्रकारिताका प्राध्यापकबाट एक, मन्त्रालयले तोकेको एक र नेपाल पत्रकार महासङ्घका अध्यक्ष पदेन सदस्य रहने विधेयकमा व्यवस्था गरिएको छ । काउन्सिलको अध्यक्षका लागि सर्वोच्च अदालतका न्यायाधीश हुन योग्यता पुगेको वा पत्रकारिताका क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभवसहित विशिष्ट योगदान गरेको हुनुपर्ने व्यवस्था छ ।

सदस्यमा भने आमसञ्चार क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव हासिल गरेको र स्नातकसम्मको अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले केही प्रावधानमा संशोधनसहित आज पास गरेको सो विधेयकमा काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्नेलाई पहिला सचेत गराउने छ । सचेत गराउँदा पनि नभए पत्रकारको दर्ता प्रमाणपत्र निलम्वन गर्नेछ भने त्यति गर्दा पनि आचारसंहिता उल्लङ्घन गरेमा पत्रकारको दर्ता प्रमाणपत्र खारेज गर्नेछ ।

पत्रकारलाई चित्त नबुझेमा अदालत जान पाउने व्यवस्था छ । विधेयकमा दण्ड तथा क्षतिपूर्ति दिनसक्ने व्यवस्था हटाइएको छ । समितिमा सभापति पर्शुराममेघी गुरुङले पत्रकारितामा लाइसेन्सको लागि परीक्षा दिनुपर्ने व्यवस्थाले पत्रकारिता पढेका व्यक्तिले प्राथमिकता पाउने र व्यावसायिक पत्रकारिताको अभ्यास हुने बताउनुभयो ।

6680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?