जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो 

आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो 

प्राइम लाइफ इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ सङ्क्षेपमा बताइदिनुहोस् न ?

हामीले केही दिनअघि मात्रै हाम्रो अर्धवार्षिक वित्तीय विवरण प्रकाशित गरेका छौँ । त्यो वित्तीय विवरण अनुसार एक हजार ३० करोडको बिमा कोष बनेको छ । बिमा समितिको निर्देशनको परिधिभित्र रहेर तोकिएको क्षेत्रमा ११ सय ९७ करोड विविध क्षेत्रमा लगानी भएको छ । त्यसको मुनाफाको अवस्था हेर्दा पनि १५ करोड ६० लाख रुपियाँ हामीले ६ महिनामा मुनाफा आर्जन गरेका छौँ । त्यो अवधिमा हाम्रो कुल बिमा शुल्क एक सय ५९ करोड भएको छ ।

हामीले बिमा शुल्क सङ्कलन गरिरहँदा कमिसन, व्यवसाय प्रवद्र्धन, कार्यालय सञ्चालन र दाबी सबै गर्दाखेरि झण्डैझण्डै ९४ करोड रुपियाँ खर्च गर्नुपर्दोरहेछ । त्यो एक सय ५९ करोड रुपियाँ ल्याइरहँदा ९४ करोड रुपियाँ चाहिँ हाम्रो खर्च हुँदोरहेछ । खर्च भन्नाले सबै खर्च होइनन् । जस्तो, दाबी भुक्तानीको ३४ करोड भनेको फिर्ता मात्र गरेको हो । त्यसलाई खर्च भन्न मिलेन तर अब कमिसन दिएको खर्च, व्यवसाय प्रवद्र्धन खर्च र हामीले कर कार्यालय सञ्चालन गर्न गरेको खर्च झण्डैझण्डै ९६ मा ३४ घटाउँदा ६२ करोड जति खर्च हामीले गर्दा रहेछौँ । मोटामोटी ४० प्रतिशत खर्च हुँदोरहेछ ।

जुन बिमितको बिमा कोषमा बाँकी ६० प्रतिशत जानुपथ्र्यो तर हामीले ६२ करोड मात्रै पठाउन सक्ने क्षमता हुँदाहुँदै पनि एक सय १९ करोड रुपियाँ बिमा कोषमा सार्न सफल भएछौँ । रकमको हिसाबले कुरा गर्ने हो भने ५४ करोड रुपियाँ हालेछौँ । प्रतिशतको हिसाबले एक सय ५९ करोडको एक सय १९ करोड भनेको झण्डैझण्डै ७२ प्रतिशत जति हुन आउँदोरहेछ । सबै खर्च कटाएर नेटिङमा गर्दा ७२ प्रतिशत जति हुन आउँदोरहेछ । खर्च कटाएर पठाउन सक्ने हिसाबले कुरा गर्दा ६२ को एक सय १९ भनेको त झण्डैझण्डै एक सय ९० प्रतिशतको हाराहारीमा आयो । त्यो हेर्दा पछिल्लो अवस्था प्राइम लाइफको आर्थिक गतिविधिको हिसाबले असाध्यै सन्तोषजनक मात्रै होइन, ज्यादै राम्रो छ ।

आज कसैले १६ वर्षदेखि ५४ वर्षको उमेर भित्रको व्यक्तिले जीवन बिमाको उपहार लिइरहँदा अर्को वर्ष ठ्याक्कै हामीले १५ वर्षको अवधिको अर्को बिमा लेख उहाँहरूलाई उपहारका रूपमा प्रदान गर्दछौँ । त्यो उपहार दिइरहँदा बिमाको रकम डबल भयो ।

यहाँहरूले हरेक वर्ष एउटा नयाँ योजना ल्याउने गर्नुभएको छ । पछिल्लो समयमा ल्याएको प्रडक्ट कत्तिको सफल भयो ?

गतवर्ष हामीले ‘जीवन उपहार’ ल्याएका हौँ । जीवन उपहार झण्डै डेढ वर्ष भयो अहिले । त्यो जीवन उपहार आफैँमा अहिले सम्मको अद्वितीय बिमा योजना छ किनभने बिमाको पहिलो उद्देश्य भनेको जोखिम बहन हो । जीवन उपहार योजना भन्ने बिमा योजनामा फिक्स पिरियड छ । यसमा १६ प्रतिशत मात्रै हो र यो ५४ वर्ष उमेरकाले मात्रै गर्न पाउँछन् । ७० वर्ष पछिको त्यसमा समावेश छैन । आज कसैले १६ वर्षदेखि ५४ वर्षको उमेर भित्रको व्यक्तिले जीवन बिमाको उपहार लिइरहँदा अर्को वर्ष ठ्याक्कै हामीले १५ वर्षको अवधिको अर्को बिमा लेख उहाँहरूलाई उपहारका रूपमा प्रदान गर्दछौँ । त्यो उपहार दिइरहँदा बिमाको रकम डबल भयो । भन्नाले जोखिम बहन डबल भयो । २५ लाख बिमा यदि कसैले गर्छ भने एक वर्षपछि अब ५० लाखको बिमा हुने भयो । अब उसले पहिलो बिमाको तिर्नुपर्छ ।

दोस्रोमा उसले तिर्नुपरेन र दुईवटै बिमा लेखमा निरन्तर रूपमा हामी बोनस पनि प्रदान गर्छौं । त्यो बिमा लेखले आर्जन गरे अनुसारको बोनस र अर्को जोखिम पनि बहन गरिदिँदै जान्छौँ । त्यो जोखिम बहनको हिसाबले र लाभको हिसाबले यो असाध्यै राम्रो परियोजना हामीले तयार गरेको छौँ । यो साल पनि मैले दुईवटा बिमा योजना सुरु गर्न खोजेको थिएँ । त्यसका विशेषता तयारी गरेर बिमा शुल्क निर्धारणका लागि एक्चुरी कहाँ पठाएको छु । त्यो भ्यालुएसन नसकिएका कारणले एक्चुरी अलिक व्यस्त भएकोले यो तयार भएर आउन बाँकी छ । सायद आगामी वर्षको वैशाखतिर एउटा अथवा दुईवटा फरक किसिमको बिमा योजना ल्याउने प्रक्रियामा छौँ ।

जीवन बिमा क्षेत्रमा सबै कम्पनीले उस्तै खालका प्रडक्ट ल्याउने र अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढ्दै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिएला ?

अर्कोले जे गर्यो त्यसमा अर्को नाम राखिदियो, एक रुपियाँ प्रिमियम कम गरायो अनि गर्यो । त्यो हो अस्वस्थ प्रतिस्पर्धा भनेको । त्यसकारण हामी स्वनियममा नै हुनुपर्छ ।

यसलाई अस्वस्थ प्रतिस्पर्धा भनेर मैले नै भनिहाल्न मिल्दैन किनभने सबैले आफूले गरेको काम ठीक गरेको छु भनेरै गरिरहेका हुन्छन् । स्वस्थ र अस्वस्थ भन्ने कुरा अर्को पक्षले भन्दिने होरु। हामी एउटा जिम्म । हामी एउटा जिम्मेवार पदमा बसेका व्यक्ति हौँ । प्रमुख कार्यकारीको पद साह्रै जिम्मेवारपूर्ण हो । आज प्राइम लाइफको लगानीयोग्य रकम १२ सय करोड पुगिसक्यो । मुखले बोल्दा १२ सय करोड भन्ने सजिलो लाग्छ तर १२ सय करोड भनेको धेरै ठूलो धन राशि हो । त्यत्रो ठूलो धन राशि लगानी गरेर बिमितलाई केन्द्रविन्दुमा राखी बिमितको हितमा काम गर्छु भनेर जिम्मेवारी लिएर बसेको प्रमुख व्यक्ति स्वनियमन हुनुपर्छ ।

जनताको त्यत्रो रकमको जिम्मेवारी लिएर तपाईंहरूको जोखिम पनि बहन गरिदिन्छौँ र भविष्यमा तपाईंहरूलाई फिर्ता दिन्छौँ भनेर एउटा दायित्व बोकेर बसेको संस्थाको प्रमुखले यस्तो–यस्तो काम गर्नुहुँदैन भनेर नियम कानुनले एउटा सामान्य परिधि मात्रै तोकिदिने हो । त्यसलाई गलत किसिमले प्रयोग गर्छु अथवा झुक्याउँछु भनेर काम गर्नु नै गलत हो ।

त्यसकारण यो खोसाखोस गर्ने, एकै प्रकारका बिमा योजना ल्याउने काम कपी मात्र होइन चोरी नै हो । जस्तो हामी विद्यार्थीकालमा स्कुल–कलेजमा पढ्दा जान्ने विद्यार्थीको नजान्ने विद्यार्थीले चोथ्र्यो, उसले सारेर चोथ्र्यो भनेजस्तै यो पनि एउटा चोरी नै हो । आफ्नो अनुसन्धान र विचारबाट, आफ्नो एउटा नयाँ किसिमको प्रयोगबाट बिमा योजना तयार गर्न सक्नुपर्छ । ज्यादै ठूलो आकाश जमिन नै फरक हुने गरेर बिमा योजना तयार गर्न सकिँदैन किनभने त्यसका पनि सीमित क्षेत्र छन् । त्यसो भन्दैमा अर्कोले जे गर्यो त्यसमा अर्को नाम राखिदियो, एक रुपियाँ प्रिमियम कम गरायो अनि गर्यो । त्यो हो अस्वस्थ प्रतिस्पर्धा भनेको । त्यसकारण हामी स्वनियममा नै हुनुपर्छ ।

यो आज गर्ने र भोलि छुट्कारा पाउने व्यवसाय होइन । म यहाँ बसेर कुरा गरिरहँदा कुनै न कुनै मेरो शाखा–उपशाखाबाट एक जना कसै न कसैको २० वर्ष अथवा २५ वर्षको एउटा बिमा लेख जारी भइसक्यो होला । त्यो आज जारी भएको बिमा लेखको २० वर्षको जिम्मेवारी ममाथि छ ।

आज मैले मेरो व्यवसाय बढी देखाउन भनेर गलत प्रक्रियाले काम गर्छु भने अर्को कम्पनीले पनि त्यो गर्न सक्ने क्षमता राख्छ नै । आज मैले मेरो कार्यकालमा राम्रो रिजल्ट देखाउँछु भोलि जे पर्लापर्ला भनेर काम गर्ने हो भने त्यो व्यवसायमाथि, उद्योगमाथि नै प्रहार हो । यो आज गर्ने र भोलि छुट्कारा पाउने व्यवसाय होइन । म यहाँ बसेर कुरा गरिरहँदा कुनै न कुनै मेरो शाखा–उपशाखाबाट एक जना कसै न कसैको २० वर्ष अथवा २५ वर्षको एउटा बिमा लेख जारी भइसक्यो होला ।

त्यो आज जारी भएको बिमा लेखको २० वर्षको जिम्मेवारी ममाथि छ । मैले आज क्षणिक निर्णय गरेर, क्षणिक मेरो मात्र गतिविधि प्रमाणित गर्ने गरेर अथवा राम्रो काम गरेँ भनेर मैले आफ्नो कामको मात्रै प्रशंसा गर्ने हिसाबले काम गरिरहँदा २० वर्षपछि आज मैले लिएको दायित्वको जिम्मेवारी कसरी कम्पनीले बहन गर्न सक्छ ? हो, यस्तो किसिमको दीर्घकालीन सोच राखेर हामी कुन खालको व्यवसायमा छौँ ? यस्तो स्वनियममा भएर कुन हदसम्म आफुले आफूलाई अनुशासित राखेर काम गर्नुपर्छ भनेर सोचेर गर्ने हो भने यस्तो अस्वस्थ्य प्रतिस्पर्धाको कुरा आउँदै आउँदैन । म त छोटो समयका लागि बस्ने हो ।

कहाँ त्यो लामो कुरा हेर्ने, मेरो कार्यकालमा म राम्रो देखाइदिन्छु, भोलि दुःख पाउँदा अर्कैले पाउला भन्ने सोचेर हिँड्ने किसिमले काम गर्ने हो भने मात्रै यी यस्ता खालका प्रश्न आउने हुन्छन् । त्यसकारण सबै बिमा कम्पनीका प्रमुख साथी हामी सबै स्वनियममा बसौँ । सही प्रक्रिया र सही ढङ्गले काम गरौँ । त्यसपछि यो अस्वस्थ प्रतिस्पर्धा भन्ने त आउँदै आउँदैन ।

बिमितले १५ वर्ष, २० वर्षको सपना हेरेर, सपनाका आधारमा आजको दिनमा क्यास फ्लो गर्नु भनेको सानो कुरा होइन, त्यसैले उहाँहरूलाई दिग्भ्रमित गरेर, गलत सूचना दिएर काम गर्नु त्यो भन्दा गलत प्रक्रिया र गलत काम अर्को हुँदैन । त्यसैले यो प्रतिस्पर्धालाई नियन्त्रण गर्न हामी नै स्वनियन्त्रित र स्वनियममा बस्नुपर्ने हुन्छ र सही ढङ्गले जानुपर्ने हुन्छ । यो कसैलाई दोष लगाएर नियमनकारी निकायले गरिदेओस् भनेर होइन । कुनै अवस्थामा नियमनकारी निकायलाई पनि गुहार्नुपर्ने अवस्था आइपर्ला किनभने सबै जना स्वनियममा बस्न थालेनन् । साह्रै गाह्रो साघुँरो  हुँदै गयो भने त ल है यसमा त नियन्त्रण गरिदिनुपर्यो भनेर उहाँहरूलाई पनि हामीले अनुरोध गर्न जानुपर्ला तर अहिले हाम्रो त्यो अवस्था होइन ।

यो प्रतिस्पर्धालाई नियन्त्रण गर्न हामी नै स्वनियन्त्रित र स्वनियममा बस्नुपर्ने हुन्छ र सही ढङ्गले जानुपर्ने हुन्छ । यो कसैलाई दोष लगाएर नियमनकारी निकायले गरिदेओस् भनेर होइन ।

लगानीका क्षेत्र बढे पनि अधिकांश कम्पनी ब्याज आम्दानीमै सीमित छन्, लगानी क्षेत्र बढ्न नसक्नुको कारण के हो ?

सुरुमा हामीले अलिकति भए पनि लगानीको क्षेत्र फराकिलो बनाइदिनुप¥यो, यही ब्याज खाने क्षेत्रमा मात्र लगानी गरेर कति दिन बस्ने भनेर हाम्रै अनुरोधमा यो खालको काम भएको हो । आफ्नो लगानीको पाँच प्रतिशतसम्म लगानी घरजग्गा, रियलस्टेट डेभलपमेन्टमा पनि लगानी गर्न सक्नुहुन्छ भन्ने निर्णय भयो । यसको नीति त बन्यो तर कार्यान्वयन पक्षमा भने अलिकति नीतिगत कठिनाइ उत्पन्न भएको छ । हामी जीवन बिमा गर्ने कम्पनी हाँै । त्यो रियल स्टेट कम्पनी त हामी होइनौँ । हामीले सीधै त्यहाँ लगानी त गरौँला तर त्यसको रेखदेख गर्नुपर्ला । जस्तो बिल्डिङ नै बनाएर भाडामा दियो भने पनि रेखदेख गर्नुपर्ला ।

त्यो रेखदेख गर्न पनि त एउटा अर्को निकाय खडा गर्नुपर्ला । त्यसलाई कानुनी रूपले चलाउने किसिमको संस्था खडा गर्ने भए अन्य कम्पनी नै खडा गरेर जानुपर्ने भयो । आफ्नो मातहतमा सिस्टम कन्सर्ट नै खडा गरेर जानुपर्ने भयो । होइन यसलाई अब औपचारिक निकायभन्दा पनि अनौपचारिक निकाय कुनै म्यानेजमेन्ट कमिटी जस्तो कुनै अनौपचारिक निकायलाई जिम्मेवारी दिउँभन्दा पनि त्यहाँ स्वनियमकै कुरा आउँछ । त्यसलाई स्वनियमको हिसाबले सोच्दा त्यो फेरि पारदर्शी हुँदैन कि । एउटा अनौपचारिक एकाइलाई त्यो काम गर्न दिइरहँदा हामी इमानदारपूर्वक काम गरौँला तर त्यो पारदर्शी हुँदैन । पारदर्शी हुन फेरि कतै न कतै नियमनकारी निकाय चाहे बिमा समिति होस्, चाहे राष्ट्र बैङ्क होस्, चाहे कम्पनी रजिस्ट्रार होस् कुनै न कुनै ऐनले तोकेको निकायप्रति जिम्मेवार संस्थाबाट काम गरायौँ भने हामी पारदर्शी रूपले कुनै पनि आक्षेपबाट बच्न सक्छौँ । त्यो व्यवस्था गर्न हामीलाई अलिकति कठिनाइ भइरहेको छ ।

अर्को सबै जीवन बिमा कम्पनीको लगानीयोग्य रकम जोडेर त्यसको पाँच प्रतिशत भन्यो भने ठूलै रकम बन्नेवाला छ तर एउटा एउटा व्यक्तिगत गर्दा त त्यो त्यतिविधि ठूलो आकारको भएन । आज सबैभन्दा धेरै लगानीयोग्य रकम भएको कम्पनीले पनि दुई अर्ब, साढे दुई अर्ब, तीन अर्ब रुपियाँभन्दा बढी लगानी गर्न सक्ने अवस्थामा छैन । समग्र बिमा कम्पनीको हिसाब गर्योे भने हामी १५–१६ अर्बसम्म लगानी गर्न सक्ने अवस्थामा पुगौँला । त्यो १५ अर्ब लगानी गर्न कि त हामी सबैको एउटा कन्सोर्टियम बन्नुपर्यो । त्यो कन्सोर्टियम बनिरहँदा पनि त्यो हाम्रो एक्सपोर्टिज होइन । त्यसकारण सबैको कन्सोर्टियमबाट एउटा एकाइ खडा गरेर जानुपर्ला कि । बैङ्कमा फिक्समा राख्नुको बदलामा तपाईंहरूको डाइरेक्ट इन्भेस्टमेन्टमा हामीलाई कन्सोर्टियम पार्टरन बनाएर गर्नुस् भनेर कि त बैङ्कहरूसित कन्सोर्टियममा जार्नुपर्ला, त्यो कुरामा हाम्रो त्यति पहल भइसकेको छैन । यी दुई–तीनवटा सोचमध्ये हाम्रो जीवन बिमक सङ्घ भर्खरै मात्र स्थापना भएको छ । हामीले प्रारम्भिक चरणका दुई/तीन वटा मिटिङ गरेर जल्दाबल्दा इस्युमा मात्र भर्खरै केही निर्णय गरेका छौँ । अब पछिल्लो चरणमा यस विषयमा व्यापक छलफल गरेर जानुपर्ने छ । यसमा गर्नुपर्ने अर्को एउटा बाध्यता के छ भने त्यस्तो सेक्टरमा लगानी गरिसकेपछि त्रैमासिक रूपमा यसको प्रतिफल त आउँदैन । हामीलाई पनि जिम्मेवारी छ । भित्री रूपमा हामी खँदिलो होऔँला बलियो होऔँला तर त्यो हामी खँदिला छौँ भनेर कहीँ न कहीँ त देखिनु पनि पर्छ । जस्तो मैले यो छ महिनामा १५ करोड ६० लाख मुनाफा गरेँ भनेर भनिरहँदा त्यही ब्याज आर्जन गरेको आधारमा भनेको हुँ ।

लिक्विडेट नहुने क्षेत्रमा गरेको लगानी भित्र जतिसुकै राम्रो आम्दानी भइरहेको भए पनि यो वित्तीय विवरण प्रकाशनमा ल्याउन पाइँदैन । त्यो देखाउन नपाउँदा बाहिर मुनाफा घट्यो भन्नेबित्तिकै भित्री रूपमा हामी जतिसुकै बलियो भए पनि अरू साधारण सेयरधनीले सजिलैसित त्यो कुरा स्वीकार्दैनन् ।

अहिले झण्डैझण्डै १२ प्रतिशत सेयरमा लगानी छ । त्यो त्यहाँ छैन । अब यो अर्को पाँच/सात प्रतिशत जाँदा त फेरि मेरो कुल लगानीको एउटा हिस्सा करिब १५ प्रतिशत भनौँ न सेयरमा लगानी गर्न पाउने प्रावधान म्युचुअल फन्डमा लगाउनुपर्छ । तिनीहरू तुरुन्तै लिक्विडेट त हुँदैनन् । लिक्विडेट नहुने क्षेत्रमा गरेको लगानी भित्र जतिसुकै राम्रो आम्दानी भइरहेको भए पनि यो वित्तीय विवरण प्रकाशनमा ल्याउन पाइँदैन । त्यो देखाउन नपाउँदा बाहिर मुनाफा घट्यो भन्नेबित्तिकै भित्री रूपमा हामी जतिसुकै बलियो भए पनि अरू साधारण सेयरधनीले सजिलैसित त्यो कुरा स्वीकार्दैनन् । सबैलाई यो वित्तीय विवरणमा हाम्रो यति लगानी छ, त्यो यसमा देखिएको छैन तर पनि अब यो कुरा सेकेन्डरी हो । त्यो पहिलो किसिमको लगानीको प्रारूप या लगानी गर्ने प्रक्रियामा यदि हामी प्रस्ट हुन सक्यौँ भने हामी जान्छौँ त्यो क्षेत्रमा र आज नभए पनि भोलि त त्यसको प्रतिफल आइ नै हाल्छ । मैले भने जस्तो लगानीकर्तालाई हामी निश्चिन्त बनाउन सक्छौँ होला ।

बिमा समितिले जोखिममा आधारित पुँजी लागू गर्दैछ, यो कत्तिको उपयुक्त छ ?

यो असाध्यै उपयुक्त कुरा हो । जोखिममा आधारित पुँजी आवश्यकताको आज हाम्रो नियमनकारी निकायबाट आएको छ त्यो असाध्यै राम्रो र स्वागतयोग्य कुरा हो । बिमा क्षेत्र अरूको नासो लिएर चल्ने संस्था भएकाले जोखिममा आधारित पुँजीको आवश्यकता छ । जसरी बैङ्कमा क्यापिटल एडुकेसीका कुरा हामी गर्छौं एउटा बैङ्कले एउटा ऋणीलाई कर्जा लगानी गरिरहँदा त्यसमा डिपोजिटरको ९० रुपियाँ जान्छ भने १० रुपियाँ प्रवद्र्धकको पनि अथवा सेयरधनीको पनि जानुपर्छ भन्ने जुन मान्यतामा राष्ट्र बैङ्कले क्यापिटल एडुकेसी मेन्टेन गरेको छ । हाम्रो पनि अवस्था त्यही हो । हाम्रो पनि १० प्रतिशत सेयरधनीको जिम्मेवारी हो । ९० प्रतिशत त बिमितको पैसा हो । त्यो पैसालाई हामी व्यवसाय बढाउँदै जाने, अनि व्यापक रूपमा व्यवसाय बढिरहँदा लगानीकर्ताको स्टेक नबढ्ने । लगानीकर्ताको आफ्नो जोखिम जस्ताको तस्तै राख्ने भोलि क्यापिटलले सबअब्जरभरको काम गर्ने न हो । गाह्रो साँघुरो परेको बेला पुँजीले नै त्यसलाई धानोस् भनेर जति स्तरको जोखिम बहन गरिरहेको छ त्यही स्तरमा पुँजीको व्यवस्था जरुरी छ ।

जोखिममा आधारित पुँजी आवश्यकताको आज हाम्रो नियमनकारी निकायबाट आएको छ त्यो असाध्यै राम्रो र स्वागतयोग्य कुरा हो । बिमा क्षेत्र अरूको नासो लिएर चल्ने संस्था भएकाले जोखिममा आधारित पुँजीको आवश्यकता छ ।

हामी दुई अर्ब भनिरहेका छौँ, ठीक छ भोलिका दिनमा केही कम्पनीले आफ्नो व्यवसाय बढाउँदै गएपछि त्यो दुई अर्ब नै क्यापिटल बेस, रिस्क बेस क्यापिटल रिक्वायरमेन्टको लेभलमा पुुगिहाल्छ, आज नपुगे पनि भोलि । बरु सुरुमै यो भनेर गर्नुभन्दा व्यवसायका आधारमा नै क्यापिटल बेस, रिस्क बेसको व्यवस्था गरिदिएको भए अझ राम्रो हुन्थ्यो । अब यो दुई अर्बलाई बेस मानेर बाँकी भनेको जति व्यवसायको रिस्क बढ्दै जान्छ । त्यो अनुसारले क्यापिटल मेन्टेन गर्दै जानुपर्छ भनेर त्यसलाई नियमनकारी निकायले राम्रोसित नियमन गर्नुपर्ने हुन्छ । त्यसलाई बढीमा एक आर्थिक वर्ष, असार मसान्त नभई मेरो सही भ्यालुएसन कति हो भन्ने थाहा हुँदैन । जब मेरो भ्यालुएसन रिपोर्ट आएर ल तिम्रो रिस्क यति हो यसका लागि रिस्क क्यापिटल मेन्टेन गर्न यति क्यापिटल हुनैपर्छ भनेर एक्चुरी रिपोर्ट आइसकेपछि बढीमा डेढ वर्षमा त्यति पुँजी पुर्याउनुपर्छ भन्ने किसिमको प्रावधान राखेर जानुपर्छ । जसले सक्दैनन् अर्को विकल्प खोजेर लाग्नुहुन्छ होला, यो व्यवसायमा विश्वास गर्नेले जोखिम लिए अनुसार क्यापिटल बढाउँदै जानुपर्छ । अर्काको पसिना, अर्काको श्रम र अर्काको सपनामा त्यत्तिकै खेलवाड गरेर आफूले मुनाफा मात्र कमाउने उद्देश्यले हेर्न पाइँदैन । त्यो त गर्नैपर्ने चिज हो र सही समयमा आउन लागेको छ ।

प्राइम लाइफका आगामी योजना के छन् ?

प्राइम लाइफ जहिले पनि कुनै न कुनैमा लिड गरेर नै हिँडिरहेको कम्पनी हो । चाहे हिजो ब्रान्डिङका कुरा हुन् अथवा सार्वजनिक रूपमा बिमालाई प्रवद्र्धन गर्न ‘शून्य वा तीन विचार गरौँ एकछिन’ भन्ने किसिमको समग्र बिमा उद्योगलाई नै आकर्षित गर्ने नारा अगाडि बढाएको हिसाबले होस् अथवा जीवन उपहार जस्तो बिमा योजना अनि खाली महिला दिदीबहिनीलाई मात्र लक्षित गरेर ल्याइएको बिमा योजना नारी जीवन बिमाको योजना होस् अथवा जुन पेन्सन प्लान । जसलाई नेपाल सरकारले पनि दुई तीन वर्षदेखि स्वीकार गरेको छ । आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो । अब वित्तीय र आफ्नै किसिमको काम प्राइम लाइफले गर्दै आएको छ । इतिहासमा पनि गरेको थियो, आज पनि गर्छ र भोलिका दिनमा पनि हामी गर्दै जान्छौँ ।

आजभन्दा १० वर्ष अगाडि प्राइम लाइफले जसले जति योगदान गर्छ उसले त्यति नै पेन्सन पाउनुपर्छ भन्ने मान्यतामा योगदानमा आधारित पेन्सन योजना ल्याइसकेको हो । अब वित्तीय र आफ्नै किसिमको काम प्राइम लाइफले गर्दै आएको छ । इतिहासमा पनि गरेको थियो, आज पनि गर्छ र भोलिका दिनमा पनि हामी गर्दै जान्छौँ ।

आजको दिन डिजिटल एजको हो । यो डिजिटल एजमा धेरै कुरा डिजिटल्ली गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले घरमै बसेर नवीकरण बिमा शुल्क तिर्ने प्रावधान सुरु गरिसकेका छौँ । केही हदसम्म बिमाका लागि आवश्यक प्रस्ताव फार्म पेस गर्ने काम पनि घरै बसेर गर्न सकिने खालका, सानो एमाउन्ट पाँच लाख सम्मको बिमा गर्दा घरमै बसेर गर्न सकिने सुरु गरिसकेका छौँ । अब निकट भविष्यमा बिमितलाई हाम्रा प्रस्तावित बिमितलाई बिमा गर्ने काम सबैभन्दा सरल र सबैभन्दा भरपर्दो माध्यमबाट गर्ने भन्ने हिसाबमा अगाडि बढाउने नै हाम्रो योजना हो ।

कम्पनीका लागि मुनाफा त्यति नहोला तर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व पूरा ग प्रकारका पनि बिमा योजना हामी ल्याउँदैछौँ । हामी एचआईभी पोजेटिभ भएका व्यक्तिको पनि बिमा गर्ने योजनासहित अगाडि बढेका छौँ ।

प्रोडक्टको सवालमा राम्रो आकर्षक प्रोडक्ट दिने हो र केही नौलो किसिमको प्रोडक्ट सायद कम्पनीका लागि मुनाफा त्यति नहोला तर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रकारका पनि बिमा योजना हामी ल्याउँदैछौँ । हामी एचआईभी पोजेटिभ भएका व्यक्तिको पनि बिमा गर्ने योजनासहित अगाडि बढेका छौँ । त्यस्तै गरेर हाम्रो आफ्नै भवन तयार हुने अवस्थामा छ । अब हामी आफ्नै भवनबाट बिमाका सेवा दिने, बिमाका सुविधा दिने र सकेसम्म बिमाका संस्थापना सञ्जाल व्यापक रूपमा बढाएर जाने हाम्रो योजना हो । शाखा–उपशाखाले नभ्याएको ठाउँमा सम्पर्क कार्यालय, सम्पर्क कार्यालयले पनि नसक्ने ठाउँमा अहिले हामीले सुरु गरेको छौँ घुम्ती बिमा ।

शाखा–उपशाखाले नभ्याएको ठाउँमा सम्पर्क कार्यालय, सम्पर्क कार्यालयले पनि नसक्ने ठाउँमा अहिले हामीले सुरु गरेको छौँ घुम्ती बिमा ।

हामीले वर्षको तीन, चार पटक हाम्रा अभिकर्तालाई तालिम दिइरहेका छौँ । एक्सपर्ट बाहिरबाट ल्याएर पनि हामीले तालिम दिइरहेका छौँ । हाम्रा स्टाफलाई विदेशमा पठाएर ट्रेनिङ दिइरहेका छौँ । इनहाउस ट्रेनिङ दिइरहेका छौँ । अब यी सबै कुरा ट्रेनिङको शिक्षाबाट नै उपलब्ध गराउन सक्ने हुनाले हामी त्यसमा प्रयत्नरत छौँ । प्राइम लाइफको अर्को महत्वपूर्ण कार्ययोजना भनेको कर्मचारी र अभिकर्तालाई बढीभन्दा बढी बिमा सम्बन्धी जानकारी, बिमा सचेतना र बिमा शिक्षा उपलब्ध गराउने अनि हामी आफैँ पनि गाउँगाउँ जहाँसम्म पुग्न सक्छौँ, त्यहाँ गएर कार्यक्रम गर्ने, बिमा सम्बन्धी जनचेतना फैलाइदिने काम गरेका छौँ । जस्तो हिजो गास, बास, कपास भन्थ्यौँ । आज हामी के भन्न थालेका छौँ भने अब गास, बास, कपास भनेको न्यूनतम आवश्यकता भइसक्यो । अब त्यो विषयमा कसैले सोच्नैपर्दैन । त्यो सबैसित उपलब्ध छ । अब भनेको स्वास्थ्य, शिक्षा र बिमा हो । यो न्युनतम आवश्यकता भैसकेको छ । समयपोष्ट

11455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका