जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक तिहाइ कर्मचारीमार्फत सेवा सञ्चालन गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक तिहाइ कर्मचारीमार्फत सेवा सञ्चालन गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक तिहाइ कर्मचारीमार्फत सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

एक तिहाइ कर्मचारीको प्रयोजनको लागि कार्यालयले सञ्चालन गरिरहेका सवारी साधनमध्ये २५ प्रतिशतलाई सवारी पास उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ।
कर्मचारीमा हुन सक्ने संक्रमणलाई मध्यनजर गर्दै संस्थाको व्यवसायलाई निरन्तरता दिन सकेसम्म घरैबाट काम गर्ने र कार्यालयमा जानुपर्ने कर्मचारीलाई सिफ्ट अनुसार काम गराउने रणनीति अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी र सेवाग्राहीको सुरक्षाको लागि न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन स्यानिटाइजर प्रयोग गर्ने, मास्क र पञ्जा लगायतका सुरक्षा उपकरण प्रयोग गरेर सेवा दिन बैंकले निर्देशन दिएको छ।
त्यसैगरि सेवाग्राहीको भिडभाड नहुने सुनिश्चितता गरेर सेवा प्रवाह गर्ने, विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गरेर सेवा दिन पनि बैंकले निर्देशन दिएको छ।
त्यस्तै बैंकिङ सेवा सुचारु गर्न आवश्यक सवारी साधनको हकमा सम्बन्धित संस्थामा रहेकामध्ये बढीमा २५ प्रतिशत सवारी साधन सञ्चालन गर्न बैंकको प्रधान कार्यालयले सवारी नम्बर, प्रयोग गर्नेको नाम, जाने/आउने स्थान र समय खुलाएर राष्ट्र बैंकलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

16390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका