जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा

‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा

नबिल बैंकले घरैमा बसेर खाता खोल्ने सुविधा उपलब्ध गराएको छ। बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने गरी ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको हो।
यो योजनामा खाता घरैमा बसेर खोल्न सकिन्छ। बैंकका अनुसार यसमा आकर्षक ब्याज उपलब्ध हुने छ।
यसमा मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट-क्रेडिट कार्डका साथै एनटीसी-एनसेलको टुजी डाटा प्याक निःशुल्क जारी गरिएको छ। घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा छ। तिनको उपचारार्थ अत्यधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पुर्याउने उद्देश्यका साथ बचतकर्ताको सुरक्षणसहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधासमेत प्रदान गर्ने बैंकले जनाएको छ।
‘नबिल जेन-एन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

11215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?