साधारणसभाको मिति तोक्नको लागि नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिती तोक्नको लागि कार्यकारिणी बैठक बोलाउने निर्णय गरेको थियो । कार्यकारिणी बैठक बोलाउनको लागि १५ दिनको समय दिनुपर्ने व्यवस्था महासंघको विधानमा छ ।
असार ८ गते बोलाउने बैठकले महासंघको साधारणसभाको मिती तय गर्ने छ । कोरोना भाइरसको कारण गरिएको लकडाउन गर्दा महासंघको साधारणसभा अनिश्चित बनेको छ । चैत २७ र २८ गतेका लागि बोलाइएको साधारणसभा लकडाउनको कारण स्थगित भएको थियो ।