जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • प्रभु लाइफको आईपीओलाई रेटिङ

प्रभु लाइफको आईपीओलाई रेटिङ

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्न रेटिङ् सम्पन्न गरेको छ । यस कम्पनीले ६० लाख कित्ता आईपीओको रेटिङ सम्पन्न गरेको हो । प्रभु लाइफको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउने ग्रेड ४ रेटिङ् प्रदान गरेको छ ।

हाल कम्पनीले संस्थापकहरुबाट १ अर्ब ४० करोड रुपैयाँ शेयरपूँजी चुक्ता गरिसकेको छ । यो कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा नाफा ४५ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमासमा उक्त कम्पनीले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको जगेडा कोषमारू. १५ करोड ८८ लाख भन्दा बढी रकम रहेको छ । नयाँ जीवन बीमा कम्पनीको रूपमा कारोबार सञ्चालनको अनुमति पाएको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरि २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने योजना बनाएको थियो । सोहि योजना बमोजिम कम्पनीले प्रकृया अघि बढाएको हो ।

10060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका