कोरोना व्यवस्थापनमा भएको १० अर्ब रुपैयाँको खर्चको विवरण माग गर्दै आन्दोलन भइरहेका बेलामा प्रधानमन्त्री कार्यालयले खर्चको विवरण सार्वजनिक गरेको छ माइतिघरमा सरकारबिरोधी आन्दोलन शुरु हुँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत ८ अर्ब ३९ करोडको खर्च सार्वजनिक गरेका हुन् ।