सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कम्पनीले उक्त बीमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।
कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराएको कम्पनीका सिइओ शिवनाथ पाण्डेले बताए । उनले यस बिषम परिस्थितीमा निरन्तर रुपमा खटिरहेका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जानकारी दिए ।