जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • १९ वटै बीमा कम्पनीहरुले बीमा शुल्क असार १५ गते भित्र बुझाउन सूचना जारी..?

१९ वटै बीमा कम्पनीहरुले बीमा शुल्क असार १५ गते भित्र बुझाउन सूचना जारी..?

बीमा कम्पनीहरुले असार १५ गतेभित्र बीमा शुल्क बुझाउन सूचना जारी गर्न थालेका छन् । असार १६ गतेपछि जरिवना लाग्ने भन्दै जारी सूचनाहरु आधिकारिक भएको बीमा समितिले समेत पुष्टि गरेको छ । बीमा समितिले गत जेठ ३२ गते जारी गरेको निर्देशनमा १५ दिनभित्र लकडाउन अवधीको बीमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बीमा कम्पनीहरुले असार १५ गतेलाई अन्तिम मिति तोकेर सूचना जारी गरेका हुन् ।

नेपालमा सञ्चालित १९ वटै बीमा कम्पनीहरुले असार १५ गतेभित्रमा लकडाउन अवधीको बीमा शुल्क यही असार १५ गतेभित्र बुझाउन सामाजिक सञ्जालमा सूचना जारी गरेका छन् । सो मिति भन्दा ढिला भएमा जरिवना थप हुने समेत जनाएका छन् । सो आधारमा आगामी असार १६ गतेदेखि लकडाउन अवधीको बीमा शुल्क बुझाउँदा जरिवना तिर्नुपर्नेछ ।
नेपाल सरकारले लकडाउन अन्त्यको औपचारिक घोषण गरिसकेको छैन । अझै अड्डा अदालतमा कुनै काम हुँदैन, सार्वजनिक यातायात सञ्चालन हुँदैनन् ।

अत्यावश्यक सेवाका लागि सरकारले निजि सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न मात्रै दिएको छ । लकडाउन खुकुलो बनाएको विषयलाई बीमा समितिले स्पष्ट पार्न नपार्दा बीमा कम्पनीहरुले यही असार १५ गतेभित्र बीमा शुल्क भुक्तानी नगरेमा जरिवना लाग्ने भन्दै सुचना जारी गरेका छन् ।

बैंकहरुले ऋणीलाई असार लकडाउन अवधीको ऋणको सावा ब्याज असार मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको भएपनि बचत गरिएको जीवन बीमाको शुल्क भने असार १५ भित्रमा भुक्तानी नगरेमा जरिवना तिर्नुपर्ने अवस्था जीवन बीमा क्षेत्रमा देखिएको छ ।

13095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?