![भेस्पा र अप्रिलियाको नयाँ शोरुम टेकुमा](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम काठमाडौंको टेकुमा सञ्चालनमा आएको छ।
इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता एमभी दुगड़ ग्रुपअन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले टेकुमा सुविधायुक्त शोरुमको उद्घाटन गरेको जनाएको छ।
शोरुमको उद्घाटन दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगड र निर्देशक उर्भी दुगडले गरेका छन्। उद्घाटनकै दिन स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको छ।
हालै कम्पनीले न्यु नर्मल योजनाअन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५००० रुपैयाँ नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्ने स्किम ल्याएको छ।
भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर, अफिसियल की-रिङ उपलब्ध गराएको छ। कम्पनीले अनलाइनबाट अर्डर भएको स्कुटर निःशुल्क डेलिभरी गरिदिने भएको छ।