जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • वान टु वाचले एनएमबि र लक्ष्मी बैंकको सहकार्यमा साना उद्योगीलाई धितोरहित कर्जा दिने

वान टु वाचले एनएमबि र लक्ष्मी बैंकको सहकार्यमा साना उद्योगीलाई धितोरहित कर्जा दिने

वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकको साझेदारीमा कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको छ। स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोगमा सो संस्थाले दुई बैंकसँग सहकार्य गर्दै  लघु, साना तथा मझौंला व्यवसायलाई सहयोग गर्ने भएको हो।

यो कोषबाट व्यवसायलाई छोटो अवधिको लागि  कर्जा प्रदान गर्नुको साथै परामर्श र तालिम समेत दिनेछ। कोषबाट करिब सय व्यवसायलाई सहयोग पुर्‍याउने र करिब एक हजार रोजगारी जोगाउने अपेक्षा गरिएको छ। कोभिड प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मको ब्याज मिनाहा गरिने सो संस्थाले जनाएको छ।

‘यस्तो विषम परिस्थितिमा कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरेर सहयोग गर्नेछ। यो पाइलट प्रोजेक्ट हो। योसँगे अरु बैंक पनि साझेदार बन्ने विश्वास लिइएको छ,’ वान टु वाचका प्रवन्ध निर्देशक सुमन जोशीले भने।

नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले साना तथा मझौंला उद्योग नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यो व्यवसायलाई सुधार ल्याउँदा अर्थतन्त्रनै चलायमान बन्ने विश्वासका साथ एसडिसीले निजी क्षेत्रको साझेदारीमा पहल अगाडि बढाएको बताए। लक्ष्मी बैकका प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले आफ्नो बैंक खुद्रा तथा एमएसई केन्द्रित बैंक भएको बताउँदै यो सहकार्यले ऋणयोग्य साना उद्यमीलाई बैंक पहुँचबाट जिविका चलाउन सहयोग पुग्ने बताए।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आफ्नो बैंकको प्राथमिकतानै दिगो बैकिङ भएको बताउँदै कोभिडका कारण संकटमा परेका साना तथा घरेलु उद्योगलाई धितोरहित कर्जा प्रदान गर्न प्रतिवद्ध रहेको बताए।

7705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका